नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग बाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग बाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ ।

आर्थिक बर्ष २०७३÷०७४, २०७६÷०७७ र २०७७÷०७८ मा नोबेलले स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । सो बापत आन्तरिक राजश्व विभागले नोबेललाई तीन बर्ष उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिसकेको छ ।

२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक–पटक मूलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।

सम्बन्धित खवर