सिडलिङका ३२ बालबालीका दिक्षित - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

सिडलिङका ३२ बालबालीका दिक्षित

सरोज निरौला

पथरी, २८ चैत्र

मोरङको पथरी शनिश्चरे २ स्थित सिडलिङ मन्टेस्वरि स्कुलका ३२ जना बालबालीका दिक्षित भएका छन । आज मंगलबार मन्टेस्वरिले ८ औँ बार्षिक उत्सवको अवसरमा कक्षा १ पास भएका ३२ बालबालीकालाई दिक्षित गरेको हो ।

८ बर्ष अगाडिबाट बालबालिकाको सर्वाङ्गीण विकासका निमित्त महत्त्वपूर्ण योगदानमा पुर्याउदै आएको मन्टेस्वरिले प्रत्येक बर्ष १ कक्षा पास भएका विद्यार्थीलाई दिक्षित गराउदै आएको छ । कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो र नगर शिक्षा अधिकृत सालिग्राम काफ्लेले उतिण विद्यार्थीलाई दिक्षित उपाधी प्रदान गर्नु भएको छ ।

दिक्षित कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्वाफोले मन्टेस्वरिले बालबालिकाको मनोविज्ञानलाई आकर्षण गर्दै प्रयाप्त खेल मैदान र सामाग्री सहितको वातावरण मैत्रि ढंगबाट अगाडी बढ्नु पर्ने बताउनु भयो । सिडलिङ मन्टेस्वरि स्कुलले नगरमा आफ्नो छुट्टै पहिचान बनाउदै बालबालिकालाई सकरात्म पक्षबाट शिक्षण सिकाई र अभ्यास गराउदै आएको उहाँले बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि पथरी शनिश्चरे नगर शिक्षा अधिकृत सालिग्राम काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्दै अधिकृत काफ्लेले मन्टेस्वरीको मापदण्डअनुसार संस्था सञ्चालन भएको र कनुनी नितिनियम अनुसार शैक्षिक गुणस्तर बृद्धिगर्न पथरी शनिश्चरेकै अब्बल मन्टेस्वरी भएको बताउनुभयो ।

सिडलिङ मन्टेस्वरि स्कुलले देशलाई चाहिने जनशत्ती उत्पादनमा जोड दिदै आएको संचालिका बिन्दु चेम्जोङले बताउनु भयो । संस्थाले शिक्षालाई ब्यापारका रुपमा मात्र नहेरेको भन्दै बालबालिकालाई सुबिधा सम्पन्न र मन्टेस्वरि मापदण्ड सहित गुणस्तरीय शिक्षामा कुनै कसुर बाकी नराखेको बताउनु भयो ।

मन्टेस्वरी सञ्चालीका बिन्दु चेम्जोङको सभापतित्व सम्पन्न कार्यक्रममा सानसाना बालबालिकाले नृत्य र गायनद्धारा मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा शिक्षक दिनेश खालिङले स्वागत मन्तव्य राख्नुभएको थियो भने । वडा नम्बर २ का वडा अध्यक्ष नैना राई, वडा सदस्य चन्द्रकुमार राई लगायतको उपस्थीती रहेको थियो ।

८ बर्ष अगाडिबाट पथरी शनिश्चरेमा सञ्चलान भएको उक्त मन्टेस्वरीले सबै अभिभावकको मन जित्न सफल भएको छ । विद्यार्थीको चाहाना अनुरुप शिक्षण सिकाई हुने भएको कारण हाल यस मन्टेस्वरीमा दुई सय पच्पन्न विद्यार्थी रहेका छन भने ३० जना शिक्षक शिक्षिकाहरुले रोजगारि पाएका छन । पथरी शनिश्चरे नगरमा मन्टेस्वरी प्रणलीद्धारा शिक्षरण शिकाई र अभ्यास गराउदै आएको सिडलिङ मन्टेस्वरिले आफ्नो छुटै पहिचान बनाएको छ ।

सम्बन्धित खवर