बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाललाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाललाई

पथरी २७ चैत्र – सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जितेका छन् ।


मोरङको पथरीशनिश्चरे नगरस्थित फ्रेण्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिनालाई पछि पार्दै नेपालीले उपाधि जितेका हुन ।तीन पटकका नेपाल च्याम्पियन नेपालीले उपाधिसँगै ५१ हजार रुपियाँ पुरस्कार पाएका छन् । काभ्रेका खोमप्रसाद तिम्सिना दोस्रो हुँदै ३५ हजार रुपियाँ पुरस्कार पाए भने झापाका प्रकाशचन्द्र नेपाल तेस्रो हुँदै २५ हजार प्राप्त गरे ।

यस्तै चौथो स्थान हासील गर्ने पुकार राईले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा पाँचौ हुने नवीन तुण्डकारले १५ हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट १५ खेलाडीलार्र्ई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । यस्तै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने संघ सस्था,समाजसेवी लगायतलाई समेत कदर पत्रद्धारा सम्मान गरीएको थियो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, भोजपुर, रौतहट, काठमाडौं, काभ्रे, लमजुङ, रुपन्देही, इलाम जिल्ला गरी एक सय १० खेलाडीको सहभागिता रहेको थियो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा ४ दिनसम्मा सञ्चालन भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिका मुख्य सहयोगी रहेको थियो ।

फ्रेण्डसिप चेस क्लब पथरीशनिश्चरेका अध्यक्ष अमिर राईको सभापतीत्व नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व चेस खेलाडी, विभिन्न विद्यालयका संञ्चालक समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर