स्विडेनको हस्कवर्नाका कृषि उपकरण अब नेपालमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

स्विडेनको हस्कवर्नाका कृषि उपकरण अब नेपालमा

सरोज निरौला

पथरी, २५ चैत्र –  स्विडेनमा उत्पादन भएका कृषि उपकरण अब नेपालमा बिक्रीहुने भएको छ । उक्त कृषि उपकरण पिएलओ गु्रपले भित्र्याउने भएको हो । विश्व बजारमा सफल मानिएको स्विडेनको हस्कवर्ना कम्पनीका उक्त औजार नेपाली बजारमा माग बढ्दै गएका कारण पिएलओ गु्रपले भित्र्याएको हो ।


३२ वर्ष देखि सफल व्यवसाय गर्दै पिएलओ गु्रपले स्विडेनको हस्कवर्ना कम्पनी संग कृषि औजारको आधिकारीक डिलरको सौझौता गरेको छ । आज मोरङको सुन्दरहरैँचा स्थित नेपालीका होटलमा एक कार्यक्रमको आयोजना गरी पि एल ओ ग्रुपले आधिकारिक डिलरको संझौता संगै कृषि औजार प्रदशनी गरेको छ । कृषी औजार उपकरण प्रदर्शनी २ दिन सम्म चल्लने छ ।


नेपालमा पिएलओ गु्रपलाई पहिलो आधिकारिक विक्रेताको मान्यता दिएको स्विडेनको हस्कवर्ना कम्पनीका भारतीय प्रतिनिधीले बताएका छन । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदार गुरागाई पिएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल र हस्कवर्ना कम्पनीका दक्षीण एसियाका प्रतिनिधी उमेश मेहेता विच उत्त कम्पनीका उपकरण बिक्री गर्ने सौझौता भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदार गुरागाईले नेपालमा कृषि क्रान्ती अवको आवश्यक्ता भएको बताउँनु भयो । गुरगाईले कृषि उद्यमी ब्यावसायी र कम्पनीलाई राज्यले प्रत्साहान गर्नुु पर्ने भन्दै नगरले पिएलओ ग्रुप संग सहकार्य गर्ने बताउनु भयो । नगर प्रमुख गुरगाईले नेपालमा स्विडेनका वैज्ञानीक कृषि यन्त्रको भित्र्याउन सफल भएकोमा पिएलओ ग्रुपलाई शुभकामना दिदै नेपालले आयातमा भन्दा निर्यातमा जोड दिनुपर्ने बताउनु भयो ।


कृषि उपकरण प्रदशनी कार्यक्रममा उपकरण विक्रि गर्दै आएको भारतीय व्यापारी आशिष बर्माले यो उपकरण भाइब्रेसन रहित अरु उपकरण भन्दा टिकाउ, कम खर्चीलो, समय बचत हुनुका साथै मानव स्वास्थलाई असर नहुने भएकाले सबैको रोजाईमा परेको बताउनु भयो ।


पिएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले नेपालमा यस कम्पनीको उपकरण भित्र्याई सबै कृषकलाई सहुलीयतमा प्रदान गर्ने बताउनु भयो । नेपाल कृषि प्रदान देश भएकाले आफुहरु ७ बर्ष देखी लागी परेको कम्पनीले आधिकारीकता लिएको उहाँको भनाई छ । उत्त उपकरण सरल सुलभ र गुणस्तरीय भएकाले नेपाली कृषकले प्रयोग गर्न सक्ने भएको दुलालले बताउनु भयो ।

सम्बन्धित खवर