पथरी २४ चैत्र – मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।
कार्यक्रमको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म लामाले संयुक्त रूपमा चेस बोर्डमा गोटी चालेर उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले नगरपालिकाले स्थानीय स्तरमा चेस खेलको प्रवर्दन गर्न सहयोग गरेको र विभिन्न विद्यालयका विद्यार्थीलाई खेलमा समावेस गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रिय स्तरको खेलाडीको रूपमा परिचय बनाउन शुभकामना दिनुभयो । उहाँले समस्त खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै यो प्रतियोगिताको आयोजना गर्न पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा नगर प्याप्सनका अध्यक्ष सुरेन्द्र राई लगायतले शुभकामना मनत्व्य राख्नुभएको थियो ।
कार्यक्रममा रजत जयन्तीको अवसरमा आयोजित चेस प्रतियोगीतामा विजेता समेत रहनुभएका पुराना चेस खेलाडी पथरीशनिश्चरे १ निवासी रत्न बहादुर राईलाई ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा ४ दिनसम्मा सञ्चालन हुने प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिका मुख्य सहयोगी रहेको छ । देश भरका १ सय ५० जना भन्दा बढि खेलाडिकोे सहभागीता रहेको खेलको निर्णायमा यासिर खम्बू रहेका छन् । प्रतियोगीतामा ३२ विदामा पुरस्कार वितरण गरीने आयोजकले जानकारी गराएको छ ।