पथरी, चैत्र २० – मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ ईन्भेष्मेन्ट कम्पनी प्रालीले समुदायलाई असर पर्ने गरि अलकत्रा पगाल्न थाले पछि विरोध सुरु भएको छ ।
समुदायबाट करिव ३ किलोमिटर टाडै रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना गरेको छैन । समुदाय, खोला र स्कुल नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा ठुलो समस्या देखा परेको छ । मापदण्ड विपरित समुदायको विचमा अलकत्र पगाल्न थालेपछि स्थानियहरु आक्रोसीत भएका छन । उद्योग संचालनमा आए पछि स्थानियले पाल्दै आएका पशु चैपाय मर्नुका साथै बालबालीकाको स्वास्थमा ठुलो असर पर्न थालेको छ ।
गाँउघरमा भएका पशु चौपाय मर्ने र बाललबालीकाको स्वास्थमा असर पर्न थालेपछी स्थानीयले उद्योगमा तोडफोड गरेका छन । मानव स्वास्थ माथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा ईलाका प्रहरी कार्यलय उर्लावारीले स्थानिय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडे पनि मनोज लिम्बु, सन्तोष लिम्बु ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा रहेका छन ।
यता उद्योग रेखदेख गर्दै आएका ईन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरे पनी स्थानीय युवा आएर तोडफोड गरेको बताउछन् ।मापदण्ड विपरित संचालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनै पनि उधोग संचालनमा रोक लागउने उर्लावारी नगरपालीका वडा नं। ३ का वडाध्यक्ष भिष्म बुढाथोकी बताउनु हुन्छ ।
सुरुमा च्याउ उद्योग खोल्ने भन्र्दै अक्सप्लान्ट प्रविधिको उद्योग सचालनमा आए पछि गाँउनै रोगले ग्रसीत भएको छ । पटक पटक बिरोध गर्दै उद्योग संचालनमा रोक लगाए पनि निर्माण पक्षले बेवस्था गर्दै आएको छ । स्थानिय, जनप्रतिनिधी र निमार्ण पक्ष विच समुदायलाई असर गर्ने गरि उद्योग संचालन नगर्ने सहमती भए पनि उधोग संचालन हुदै आएको छ । सुरुमा उद्योग सञ्चालन गर्नुपुर्व स्थानीयसँग उद्योग निर्माणको बारेमा सबै जानकारी दिनुपर्ने हो । तर सञ्चालकले निर्माणका क्रममा च्याउ उद्योग खोल्ने भनेर झुुट बोलेको स्थानीयको आरोप लगाएका छन ।
उद्योगबाट निस्कीएको कार्वन मनोअक्साईट स्वास्थ्यको दृष्टिकोणले धेरैनै नराम्रो मानिन्छ । यस्ले अक्सिजनलाई ब्लक गर्ने गर्दछ भन्ने बैज्ञानीक तथ्य हुँदाहुँदै पनी बस्तीको छेउमा उद्योग सञ्चालमा आएपछि यस्को असर सबैमा देखा पर्न थालेको हो । कानुनको नियम अनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरपर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाडै रहनुपर्ने प्रावधान रहको छ । उद्योगले भने सो नियमको पालना नगरेको पाईएको छ । उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै होईन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन् ।
उद्योबाट प्रत्यक्ष मारमा परेका स्थानीय र सञ्चालको विचमा वार्ता नभएको पनि होईन तर पटक पटको वार्ता सहमतिमा पुगेपनि सञ्चालकले मनोमानी पबृत्ती देखाएको स्थानीय बताउछन् । उद्योग सुरुभएदेखी गाँउमा बस्न नसकिने पशु चौपाय मर्ने स्वासप्रस्वासमा समस्या आएको कारखाना नजीकै बसोबास गर्ने एक स्थानीय महिलाको भनाई छ ।
स्थानीयले उद्योको स्थापना गाँउमा हुनु गौरवको कुरा भएपनि मापदण्ड पालना न गर्नु वार्तामा भएका सहमती कार्यान्वयन नगर्नु नै सञ्चालकको कमजोरी रहेको बताउछन् । उद्योग बाट निस्किएको हानिकारक पदार्थ नजीकै रहेको खोलामा मिसिदा झनै दुर्गन्ध फैलएिको छ । स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुनीने खोकि लाग्ने जस्ता समस्या देखा परेको विद्यार्थी बताउछिन ।
यता मानव स्वास्थ्यलाई असर गर्नेगरी उद्योग प्लान्ट सञ्चालन गरेको विषयमा बुझ्न खोज्दा सञ्चालक प्रकाश भट्टराईको मोवाईल दिनैभरी बन्द रहेको र कर्मचारीसँग बुझन खोज्दा अध्यक्ष नै यस्को जवाफदेही हुने बताए ।लामो समय देखि मानव स्वास्थमा असर पर्ने गतिविधी हुदा हुदै मिक्लाजुङ ईन्भेष्मेन्ट कम्पनी प्रालीलाई कुनै कानुनी कार्वाही छैन । बरु अवरोध गर्ने मनोज लिम्बु र सन्तोष लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु विरुद्ध कन्ट्रोल रुममा गएर तोडफोड भएको अभियोगमा मुद्धा चल्ने इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताउनु भयो ।
उनिहरुले ८ लाखको क्षती गरेको भन्दै कानुन बमोजिम कार्वाही हुने उहाँले बताउनु भयो । कम्पनीले मानव स्वास्थमा पुराएको असरका बारेमा प्रश्न गर्दा उहाँले भन्नु भयो “मानव स्वास्थलाई असर गरेको पक्ष र तोडफोडको पक्ष फरक हो तर मानव स्वास्थलाई असर गयो भन्दैमा अर्काको सम्पती तोडफोड गर्न पाईन्छ” ?