सामुदायीक वन उपभोक्ता महासंघको नगर अधिवेशन सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सामुदायीक वन उपभोक्ता महासंघको नगर अधिवेशन सम्पन्न

पथरी÷ सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेको दोश्रो नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

पथरीशनिश्चरे वडा नं १० स्थित डाँस मोरङ्गी सामुदायीक बन उपभोक्ता समितिको सभाहलमा सम्पन्न अधिवेशनमा सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेका अध्यक्ष रविन्द्र कुमार राईको अध्यक्षता रहेको थियो ।

सामुदायीक वन उपभोक्ता महासंघका कोशी प्रदेशका सचिव अग्नी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतका अतिथिको आतिथ्यता रहेको थियो । अधिवेशनमा नगरका विभिन्न ८ वडा सामुदायीक वनका प्रतिनिधीको सहभागिता रहेको थियो ।ं अधिवेशनले मैनादेवि फुँयाल९आचार्य० को अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । फुँयालको अध्यक्षतामा गठित उक्त कार्यसमितिमा शोभा तिम्सिना उपाध्यक्ष, हेमभक्त गुरुङ सचिव र हरि निरौला कोशाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा शान्ती शंकर, निरञ्जन मण्डल, कौशिला राई, पुनम नेपाली, रोमान्सी धिमाल, उदयकुमार राई मञ्जु लिम्बु, लक्षमण कार्की, रेनुका अधिकारी, मानबहादुर पाठक, शिव कुमारी भट्टराई र रत्नबहादुर बस्नेत रहेका छन् । अधिवेशनले जिल्ला अधिवेशनका लागि मदन पोख्रेल, कौशिला राई, शान्तिराम खड्का, पुनम नेपाली, मानबहादुर पाठक र शोभा तिम्सीनालाई जिल्ला प्रतिनिका रुपमा चुनेको छ भने प्रदेश अधिवेशनको लागि इश्वर चौहान, आरती राई, रत्न बहादुर बस्नेत, रोमान्सी धिमाल, हेमभक्त गुरुङ र सिता भुषाललाई प्रदेश प्रतिनिधिका रुपमा छनौट गरेको छ ।

सम्बन्धित खवर