क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग

मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ ।

पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।

दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो । संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए ।

उपलब्ध रकम दाहालकी आमा चिनिमाया दाहाल र पत्रकार प्रेमप्रसाद भट्टराईले  परिवारलाई हस्तान्तरण  गरेका थिए। मृतक राईको बुबा आमासहित स परिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो । सुकुम्बासीका रुपमा रहेका र आर्थीक अवस्था समेत दयनिय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफु दुखि रहेको बताए ।

३ पुस्ता सम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी रुपाको आर्थीक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु दुखि रहेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगि संस्थाका अध्यक्ष नारायण आचार्यले बताए । मृतक राईका १ छोरा र एक छोरी छन् ।

दिन दुखि असहाय अपाङ्गता भएका अमेरीका भित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलीएको उक्त संस्थाले अन्य धेरै व्यक्तिलाई सहयोग गरेको र यो कार्य निरनतर रहने संस्थाका सचिव चन्द्र बास्तोलाले बताए ।

 

 

सम्बन्धित खवर