सिएम कन्दङ्वा स्मृति कोषले संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई सम्मान गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

सिएम कन्दङ्वा स्मृति कोषले संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई सम्मान गर्ने

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सिएम कन्दङ्वा स्मृति कोषले साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई एक लाख ६३ हजार नगदसहित सम्मान गर्ने भएको छ ।

पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टाछुट्टै विधाको तीन जनालाई सम्मान गर्ने सोमबार पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गरेको हो ।

चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा।डा। गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित सि।एम।कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ ले सम्मानित गर्ने भएको हो ।

त्यसैगरी दार्जेलिङ भारतका अनिल फागोलाई ५१ हजारसहित सि।एम।कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९ र मोरङ पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित सुशिला।कन्दङ्वा पत्रकारिता राष्ट्रियसम्मान—२०७९ले सम्मान गर्ने निर्णय भएको सि।एम।कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिनुभयो ।

झापा दमक १ स्थायी बसोबास भएका सम्मानित व्यक्ति गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । ३२ भन्दा बढी सम्मान पाइसकेका छन् ।

संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत भर्नुभएको छ ।

सुशिला।कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ । गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा संवाददाताको रुपमा काम गरिस गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।

पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुरबाट एम।ए। गर्नु भएको राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ ।

चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता थिए । विस १९८१ चैत्र २९ गते जन्मिएका कन्दङ्वाले २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गर्नुभएको थियो । २०६२ देहान्त भएपछि स्कृलले सि।एम।कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, कला, पत्रकारिता, भाषा, संस्कृति क्षेत्रको बिकास गर्ने उदेश्यले सम्मान गर्दै आएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपालराई को प्रमुख आतिथ्यतामा सम्मान वितरण हुने पत्रकार सम्मेलनमा समितिको अध्यक्ष डा। रामनारायण कन्दङ्वा र सचिव ओमप्रकाश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ । पत्रकार सम्मेलनमा सीम कन्दङ्वा स्मृति कोषको सहसचिव ज्योति साँबा, सदस्य वेदनिधि खनाल र पार्वता भट्टराई, अर्जुन सिन्चुरी लगायतको उपस्थिति रहेको थियो ।

यस अघि सोही कोषबाट संगीत क्षेत्रका एलपी जोसी र साहित्य क्षेत्रका धनकुटे कान्छा सम्मान गरिएको थियो ।

सम्बन्धित खवर