एसईई दिने विद्यार्थीलाई पञ्चायतको शुभकामना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

एसईई दिने विद्यार्थीलाई पञ्चायतको शुभकामना

पथरी १३ चैत – मोरङको पथरी शनिश्चरेमा रहेको नमुना विद्यालय पञ्चायत माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा १० को फलामे ढोकाको रुपमा हेरिएको एसइइ परिक्षामा समेल हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्ने अभिप्राय स्वरुप विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षकहरुले पढाइ जिन्दगीको आधार भएकाले भविश्यलाई बलियो बनाउन पढाइ अत्यन्तै महत्त्वपूर्ण रहेको र यस्मा सबैको ध्यान जान जरुरी रहेको बताउदै एसईईलाई ठुलो समस्याको रुपमा नहेरि विना संकोच परीक्षा लेख्न अनुरोध गरेका थिए । पछिल्लो समय यो बर्षबाट पाठ्यपुस्तक भिवाजीत हुने र अर्को बर्षबाट नयाँ पाठ्यपुस्तकबाट शिक्षण सिकाई हुनेहुँदा यो बर्ष परिक्षामा सामेलहुने सबै बिद्यार्थी पास हुनेछन भन्ने हल्ला सबैतिर ब्याप्त रहेकाले यस्तो निराधार हल्लाको पछि न लाग्न विद्यार्थीलाई अनुरोध गरेका थिए ।

यस बर्ष एसईई परिक्षामा यस विद्यालयबाट जेनेरल तर्फ १८३ ,प्राविधिक धार (सिभिल) तर्फ,४४ जना विद्यार्थी सहभागी हुदै छन् । अघिल्लो बर्ष यस विद्यालयबाट ९६ प्रतिसत भन्दा धेरै विद्यार्थीले एसईई उत्तीर्ण गरेको शिक्षक निरज ढकालले जानकारी दिनुभयो । विद्यालयका सह प्रधानाध्यापक मोहन शर्माको प्रमुख आतिथ्य,विद्यालयका शिक्षक कर्मचारि लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा बिद्यालका शिक्षक केशव निरौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भवानी तिम्सिनाले गरेका थिए ।

सम्बन्धित खवर