२१ लाख ९० हजार नेपाली विदेशमा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

२१ लाख ९० हजार नेपाली विदेशमा

राष्ट्रिय तथ्यांक कार्यालयले २१ लाख ९० हजार भन्दा बढी नागरिक विदेशमा विदेशमा रहेको जनाएको छ।

तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्दै आएको जनाएको हाे।

‘जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन्,’शुक्रबार सार्वजनिक भएको जनगणनाको विवरणमा उल्लेख छ। २०६८ को जनगणनाअनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए।

 

सम्बन्धित खवर