पथरी बहुमुखी क्याम्पसको स्ववियु चुनावमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै निर्वाचित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

पथरी बहुमुखी क्याम्पसको स्ववियु चुनावमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै निर्वाचित

मोरङको पथरीशनिश्चरे -१ स्थित पथरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै विजयी भएको छ ।

हिजो आइतबार सम्पन्न भएको निर्वाचनमा पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धन तर्फका उम्मेदवारहरू निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघको नेतृत्वमा अखिल क्रान्तिकारी( माओवादी केन्द्र) र अनेरास्ववियू (एकीकृत समाजवादी)को साथ रहेको थियो । ५ सय ४९ खसेको मतमा नेवि संघका सभापतिका उम्मेदवार केशर थुलुङ राईले ३ सय ७० मत ल्याएका छन् ।

राईले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उज्वल लकान्द्रीलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका हुन् । लकान्द्रीले १ सय ७६ मत पाएका थिए ।त्यस्तै, सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सचिव भुपाल खतिवडाले ३ सय ६० मत पाउँदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएका थिए भने कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीकाखगिन मगरले ३ सय ५२ मत पाए भने अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाएकी थिइन।

सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाह (शम्भु ) ले ३ सय ६९, सोमनाथ फुंयाल (दिपेश) ले ३ सय ६६, अखिल क्रान्तिकारीकी प्रीतिका भट्टराईले ३ सय ५० र अनेरास्ववियूका प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन् ।सदस्यमा अनेरास्ववियु तर्फबाट प्रबिण पोखरेलले १ सय ५१ अरुण राईले १ सय ६३, एलिश खड्काले १ सय ६१, एरिक बस्नेतले १ सय ७५ र जित ब. खड्का ( जे.वि) ले १ सय ५६ मत पाएका थिए ।

सम्बन्धित खवर