स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मोरङका चार वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।
उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेपाव विद्यार्थी संघ विजयी भएको छ ।डिग्री क्याम्पस विराटनगरको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार शशि यादवलाई पराजित गर्दै अनेरास्ववियुका निर्मल गजुरेल निर्वाचित भएका छन् । उनी १२३ मतका साथ विजयी भएका हुन् । शशी यादवले ११८ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी संघका विराज बराल विजयी भएका छन् ।
विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार स्मारिका बराललाई पराजित गर्दै अनेरास्वविय उम्मेदवार प्रशंशा पौडेल विजयी भएकी छन् । नर्सिङ क्याम्पसकाे सचिवमा अनेरास्ववियुकी मनिषा श्रेष्ठ विजयी भएकी छन् ।