स्ववियु नेतृत्वका लागि मतदान चल्दै : क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

स्ववियु नेतृत्वका लागि मतदान चल्दै : क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा

त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान चलिरहेको छ । बिहान ८ बजेदेखि नै काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्याम्पसमा मतदान सुरु भएको हो ।

रत्नराज्य क्याम्पस (आरआर क्याम्पस)सहितका केही क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसमा मतदान भैरहेको छ । मतदान दिउँसो ४ बजेसम्म रहनेछ ।

स्ववियु चुनाव भइरहेका क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्ववियु चुनावमा मतदान गर्दै विद्यार्थी ।

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मतदान गर्न लामबद्ध मतदाता ।​

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावमा मतदान गर्दै विद्यार्थी । यहाँ चार प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता विद्यार्थीको सङ्ख्या एक हजार एक सय ४३ जना रहेकाे छ। ​

काठमाण्डौको क्षेत्रपाटी धोबीचौरमा रहेकाे पब्लिक युथ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनकाे चुनावमा मतदान गर्नका लागि लामबद्ध विधार्थी ।

जनकपुरधामको राम स्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) को चुनावका लागि क्याम्पस परिसरबाहिर विद्यार्थीको घुइँचो । ​

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को चुनावका लागि क्याम्पसमा चहलपहल । पहिला सुनसान हुने क्याम्पसमा अहिले स्ववियु चुनावले विद्यार्थी नेतादेखि विद्यार्थीमा चासो बढेको छ । आठवटा विद्यार्थी सङ्गठनले चुनावमा भाग लिएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ । ​

सम्बन्धित खवर