स्टेज अगाडि भरिभराउ अभिभावकको भिडभाड , आँखामा टिलपिल आँसु, कोही रुमालले आँसु पुछिरहेका थिए, कोही हातैले ।
प्रशिक्षक इश्वर श्रेष्ठले भनिरहनुभएको थियो–‘काम धेरै गर्छौ, मेहनत धेरै गर्छौं, तर हामी भन्दैनौं भने के थाहा तपाईले माया गर्छ कि गर्दैन, थाहा हुन्छ रु त्यति गर्दा गर्दै ‘डिभोर्स’ हुनसक्छ है । त्यसकारणले आफ्नोलाई माया दिनुपर्छ, सम्मान गर्नुपर्छ ।’ बज्यो तालीको पर्रा ।
यो दृश्य थियो मोरङको पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलमा भएको अभिभावक अभिमुखीकरण कार्यक्रम–२०७९ को । विद्यालयले फागुन २५ र २६ गते कार्यक्रम आयोजना गरेको हो ।
उपस्थित अभिभावकहरु घरी निक्कै नै भावविह्ल देखिन्थे, घरी मुस्कुराइरहेका भेटिन्थे । प्रशिक्षक श्रेष्ठको तोडिलो प्रस्तुति हेर्न निक्कै नै लायक थियो । अभिमुखीकरण कार्यक्रम आफ्ना छोरा छोरीलाई अनुशासित र प्रभावकारी शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा नै केन्द्रित थियो । समग्रमा दुई दिने अभिभावक अभिमुखीकरण कार्यक्रम फलदायी रहेको अभिभावकहरुले बताइरहनुभएको थियो । अभिभावक मनकुमार कुरुम्बाङले भन्नुभयो–‘यो हाम्रो नगरमै पहिलो पटक भएको अभिभावक अभिमुखीकरण कार्यक्रम एकदमै प्रभावकारी लाग्यो, त्यसैले म रेडस्टारप्रति सधैं कृतज्ञ छु ।’
समापनको दिन आज पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, स्वामी निर्भिसानन्द, अभिभावक मनकुमार कुरुम्बाङले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल टि।एन। तिम्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य, समाजसेवी देवराज भण्डारी, युवराज बास्कोटा, अग्नी गुरुङ, अरुणा राई लगायत अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक इश्वर श्रेष्ठको हातबाट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
पहिलो दिन पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।