सन्देश मुलक कार्यक्रमका साथ बाल नमुना विद्या मन्दिरले २७ औं वार्षिकोत्सव सम्पन्न - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

सन्देश मुलक कार्यक्रमका साथ बाल नमुना विद्या मन्दिरले २७ औं वार्षिकोत्सव सम्पन्न

साइनाे समाचारदाता/पथरी, २३ फागुन,
सन्देश मुलक कार्यक्रमका साथ बाल नमुना विद्या मन्दिरले २७ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ । मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. १० मा रहेको बाल नमुना विद्या मन्दिरले सो अवसरमा विद्यालयले बर्षीक गतिविधीमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।


सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सन्तोष कठायत, विधालयकी संस्थापक चन्द्रकला अधिकारी, खोज अनुसन्धान कर्ता तथा लेखक दिपेन्द्र तिम्सिना, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने उद्धव थापा, काजी राई, पदम गुरुङ र शिक्षक रविन लिम्बुलाई सम्मानित गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं १० का वडा अध्यक्ष जीवन खतिवडाले सो विद्यालयले विगत वर्षहरुदेखि नै जीवन उपयोगी सीप र शिक्षा दिदै आएको बताउनु भयो । विद्यालय र विद्यार्थीहरुले नेपाली कृषि उपजको उचित प्रचार प्रसार गर्नुकासाथै शैक्षिक सुधार कार्यक्रमहरू सञ्चालन गर्नु निकै प्रशंसनीय रहेको खतिवडाले बताउनुभयो ।


कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन खुलालले प्रतिस्पर्दी युगमा विद्यार्थीलाई कितावी ज्ञान मात्र हैन ब्यावहारी ज्ञान उतिकै आवस्यता रहेको बताउनु भयो । खुलालले भन्नु भयो विद्यार्थीको प्रतिभा हेर्दा विद्यालयले संस्कार, सस्कृती सहितर्कोे ब्यावहारीक ज्ञान प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार बुढाथोकीले विद्यालयले छोटो समयमा धेरै उन्नती प्रगतीको गरेको बताउनु भयो । बुढाथोकीले विद्यार्थीको प्रतिभाको प्रसंसा गर्दै विद्याथीको सहयोगका लागि उचित शुल्क निर्धारण गरि अभिभावकलाई राहत दिन अनुरनेध गर्नु भएको छ ।
विद्यार्थीहरुले निकै सुन्दर गायन, नृत्य, नाट्य तथा सांस्कृतिक कलाहरु प्रस्तुत गरेका थिए । खेलकुद सप्ताह अन्तर्गत विभिन्न विधामा विजयी भएका विद्यार्र्थी र अभिभावकहरूलाई पनि पुरस्कृत गरिएको थियो । विद्यार्थी र विद्यालयले सो अवसरमा लोप हुदै गएका नेपाली सामाग्री, संस्कार र सस्कृती झल्कने विभिन्न स्टल प्रदर्शिनी गरेको थियो । कार्यक्रममा बर्षीक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै पथरी शनिश्चरेमा छुट्टै पहिचान बनाउदै २७ औं वार्षिकोत्सव मनाउन सफल भएको संचालक विर बहादुर घिमिरेले बताउनु भयो ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीले लागू औषध न्युनिकरण “म सक्छु अभियान २०७९” तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागू औषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक परामर्श दिनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर घिमिरे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका संचालक मीन बहादुर ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालक सरोज तिम्सीनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर