केटाकेटी खेल्ने क्रममा पथरी शनिश्चरेको दुई स्थानमा आग्लागी - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

केटाकेटी खेल्ने क्रममा पथरी शनिश्चरेको दुई स्थानमा आग्लागी

साइनाे समाचारदात/पथरी, २० फागुन
गर्मी बढे संगै आग्लागीको जोखिम बढ्न थालेको छ । धेरै जसो आग्लागी केटाकेटीका कारणले हुने गरेको छ । केटाकेटीका कारणले मोरङको पथरी शनिश्चरेका २ स्थानमा आग्लागी भएको छ । दुई स्थानमै केटाकेटीहरु खेल्ने क्रममा आग्लागी भएको स्थानीयले बताएका छन ।


पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ७ मा आग्लागी भएको हो । पथरी शनिश्चरे ४ मा दिलमाया लिम्बु र ७ मा जयबहादुर तामाङको परालको माचमा आग्लागी भएको हो । आग्लागीबाट लिम्बुको २ विघा खेतको पराल जलेर नष्ट भएको छ । भने तामाङको १५ कठ्ठाको पराल जलेर नष्ट भएको छ । आग्लागीबाट १ बर्ष गाई बस्तुलाई खुवाउन पुग्ने पराल क्षती भएको लिम्बुले बताउनु भयो ।


शनिवार भएका कारण स्कुल छुट्टी थियो । केटाकेटीहरु परालको छेउमा खेल्दै थिए । दिउसो १ बजेको थियो एक्कासी आग्लागी भयो स्थानीयले बताए । समयमै दमकल आएका कारण घर जोगीएको दिलमाया लिम्बुकोले बताउनु भयो । आगो निभाउन दुबै स्थानमा पथरी शनिश्चरे नगरको दमकल पुगेको थियो । घर नजिकै परालको माचमा भएकाले घर जोगीन गाह्रो थियो तर समयमै खवर भएकाले निभाउन भ्याइयो र अन्य केहि क्षती भएन दमकल चालक नाइकुमार धिमालले बाताउनु भयो ।


यता वडा नं. ७ मा भने बाटो भनएका कारण दमकल पुग्न नपाएको तर नगर प्रहरी समयमै पुगेर आग्लागी नियन्त्रण भएको नगर प्रहरी ईन्द्र सुबेदीले बताउनु भयो । आग्लागी भएको स्थानमा आजै पथरी शनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले पुगि अनुगमन गर्नु भएको छ । उहाँले गर्मी बढे संगै आग्लागीको जोखिम हुने भन्दै सबै नागरीक सचेत रहन अनुरोध गर्नु भएको छ । नगरबासी सबैले गाडी आवत जावत गर्न सक्ने बाटो निमार्णका लागि पहल गर्न काफ्लेले जोड दिनु भएको छ । काफ्लेले क्षती अवस्था हेरी नगरबाट क्षतीपुर्तीका लागि पहल गर्ने बताउनु भएको छ ।

सम्बन्धित खवर