२८ महिने बालिका प्रसंसा गौतमको न्यायका लागि चौतर्फी दबाब - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

२८ महिने बालिका प्रसंसा गौतमको न्यायका लागि चौतर्फी दबाब

साइनाे समाचारदाता/पथरी, १९ फागुन, हिमाल हस्पिटलको लापर्वाहीका कारण २८ महिने बालिका प्रसंसा गौतमको मुत्यू भएको भन्दै मोरङको पथरी शनिश्चरेमा शान्त्ति पुर्ण विरोध सभा भएको छ । गायक तथा संगितकार गौरव दर्पणकी २८ महिने छोरी प्रसंसा गौतमको माघ २६ गते उपचारको क्रममा मुत्यू भएको थियो । गायक तथा संगितकार गौरव दर्पणले छोरी प्रसंसा गौतमको न्यायका लागि माग गर्दै स्थानियमा अपिल गरेका छन । दर्पणको अपिल संगै गुह नगरका विभिन्न संघ संस्था र स्थानीय स्थरबाट विरोध सुरु भएको छ ।

हिमाल हस्पिटल र चिकित्सक डा. जयदेव यादवको लापर्वाहीका कारण मुत्यू भएको भन्दै न्यायका लागि शान्त्ति पुर्ण विरोध सभा भएको हो । घटनालाई ढाकछोप गर्न नेपाल चिकित्सक संघले भुमिका खेलेको भन्दै विरोध सभाले नेपाल चिकित्सक संघको विज्ञप्ती प्रति भ्रर्सना गरेको छ । घटनाको सत्य तथ्य छानवीन गर्नुको सट्टा मुत्यूका कारण शोकमा भएको परिवारको आलो घाउमा नुन चुक छरेको भन्दै विरोध जनाएका हो । हिमाल हस्पिटल, चिकित्सक डा. जयदेव यादवको लापर्वाहीलाई नेपाल चिकित्सक संघ विज्ञप्तीले ढाकछोप गर्न खोजेको अभियान्ता तिर्थ आचार्यले बताउनु भयो ।

नेपाल चिकित्सक संघले शान्त्ति पुर्ण न्याय मागलाई हुल हुजतको संज्ञा दिदै घटना ढाकछोप गर्न खोजे अभियन्ताको भनाई छ । सरकारले माग सम्बोधन नगरे राष्ट्रियब्यापी आन्दोलनका रुपमा अगाडी बढ्ने अभियान्ता पर्शुराम न्यौपानेले बताउनु भयो ।

हस्पिटल र चिकित्सक डा. जयदेव यादवलाई कार्वाहीको माग गर्दै कला तथा साहित्यक मञ्च पथरी शनिश्चरे, दाह्रि ग्याङ, पथरी जेसिस र स्थानीयले विरोधमा सुरु भएका छन । मोरङको पथरी शनिश्चरेकी बालिका गौतमको न्यायको माग गर्दै र दोसिलाई कार्वाहीको चाडो भन्दा चाडो कावाही हुनु पर्ने अभियन्ता सरोज तिम्सीना बताउनु हुन्छ ।

बालिकाको उपचारको क्रममा काठमाडौको मेट्रो अस्पतालमा मृत्यू भएको थियो । हिमाल हस्पिटलको लापर्वाहीका कारण मृत्यू भएको भन्दै हस्पिटल, चिकित्सक डा. जयदेव यादव र नेपाल चिकित्सक संघको चौतर्फी विरोध सुरु भएको छ । चिकित्सकको लापर्वाहीका कारण अस्पतालहरु प्रयोगसाला र जनाताहरु परिक्षणको साधन हुन थालेको पथरी शनिश्चरे पुर्व उपप्रमुख यमुना विष्ट बास्तोलाले बताउनु भएको छ । बास्तोलाले यो शान्ति पुर्ण विरोधलाई संबोधन गर्दै सरकारले चाडो भन्दा चाडो बालिकालाई न्याय नदिए विरोधले उग्र रुपलिने बताउनु भएको छ ।

सम्बन्धित खवर