एभरेष्टले पथरी शनिश्चरेलाई शिक्षाको हवका बनाएको छ : नगर प्रमुख - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

एभरेष्टले पथरी शनिश्चरेलाई शिक्षाको हवका बनाएको छ : नगर प्रमुख

साइनाे समाचारदाता/पथरी, फगुन १५
एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले पथरी शनिश्चरे नगरलाई शिक्षाको हवका रुपमा चिनाउन सहयाेग गरेकाे पथरी शिनश्चरे नगर प्रमुख माेहन तुम्बापाेले बताउनु भएकाे छ । एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलकाे ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्धधाटन गर्दै नगर प्रमुख तुम्बापोले एभरेष्ट स्कुलले पथरी शनिश्चरे नगरपालिकालाई शिक्षाको हवका रुपमा चिनाउन मद्दत गरेको बताउनु भएको हाे । संस्थागत विद्यालयहरु मध्ये जेठो शैक्षिक संस्था रहेको बताउदै यहाँ ध्यानरत विद्यार्थीहरुले परीक्षामा उच्च अंक ल्याई पथरी शनिश्चरेको नाम विश्व सामु चिनाएको बताउनु भयो । प्रमुख तुम्बापोले एभरेष्ट स्कुललाई प्रदेश १ कै नमुना विद्यालय वनाउन अगिबढ्नु पर्ने सुझाव दिनु भएको छ ।

एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपाली सेनाका इन्जिनियर उपसेनानी बिबेक कोइराला र असल अभिभावकको रुपमा कृष्णप्रसाद उप्रेती, पत्नि मेनुकादेवी उप्रेतीलाई सम्मान गरिएको थियो ।
गरेका बिबेक कोइरालाले २०६६ सालमा एभरेष्ट स्कुलबाट ९० प्रतिशत अंक ल्याई एसएलसी उतिर्ण गरेका थिए । त्यस्तै असल अभिभावकको रुपमा कृष्णप्रसाद उप्रेती, पत्नि मेनुकादेवी उप्रेतीलाईद सम्मान गरिएको थियो । उप्रेतीका ३ सन्तान डा. स्वयम उप्रेती, डा. अञ्जु उप्रेती (मेडिकल डाक्टर), र डा. सन्जु उप्रेतीले विद्याबरिधी गरि सकेका छन ।


विद्यालयका प्रिन्सिपाल रविन कन्दङ्वाले विद्यार्थीको चाहाना र उदेश्य अनुसार शिक्षण शिकाईमा लागि परेको बताउनु भयो । फरक विद्यार्थीमा फरक फरक प्रतिभा हुने भएकाले पढाइको अलवा खेलकुद गित संगित र कलाक्षेत्रमा विद्यालय रहेको कारण अभिभावकको विश्वास जित्न सफल भएको प्रिन्सिपाल कन्दङ्वाले बताए ।
२०६६ सालको एसएलसीमा ९० प्रतिशत अंक ल्याएका बिबेक कोइराला, ६९ सालमा बोर्ड पाँचौ सलिना राई, आश्मा पोख्रेल र दिक्षा न्यौपाने, र एस ई ई मा आदर्श न्यौपाने, समिता रिजालले ४ जीपीए ल्याएर एभरेष्ट बोर्डिङ पथरी शनिश्चरेको मात्रै नभएर नेपालकै एक अब्बल शैक्षिक संस्थ हो भनेर सावित गरिदिएका छन ।


३७ औं वार्षिकोत्सवको अवसरमा राई, लिम्बू, थारु, मगर लगायतको सांस्कृतिक नृत्य, गायन, नाटक प्रस्तुत गरिएको थियो । विद्यार्थीद्धारा नेपाली बहु भाषा र सस्कृती झल्कने र्याम्प शो प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रम शिक्षक वेदनिधि खनालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलालको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर