वाल्मिकि मेमोरियलको २५ औं रजत जयन्ती - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

वाल्मिकि मेमोरियलको २५ औं रजत जयन्ती

गोपाल काफ्ले, पथरी, फागुन १३
वाल्मिकि मेमोरियल सेकेन्डरी बोडिङ्ग स्कूलले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ । रजत जयन्तीको अवसरमा विद्यालयले संस्थापक शिक्षक शिशिका, संचालक र अभिवावकलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक केदार खनाल, अमर काफ्ले र तुलसी पौडेललाई सम्मानित गरिएको थियो भने विद्यालयको स्थापना कालका ८१ जना अभिभावक, विद्यालय व्यवस्थापन समितिका संस्थापक र संस्थापक २८ जना शिक्षक शिक्षिकाहरू सम्मानित भएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले विद्यालयले प्रप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर सर्टिफिकेट आई.एस.ओ.(क्ष्क्इ) को प्रमाण प्रत्र अनावरण गर्नु भएको थियो । रजत जयन्ती अवसरमा विद्यालयका निर्देशक नोवल किशोर खनालले आफ्नो विद्यालय एक अन्तर्राष्ट्रिय गुणस्तर मापक संस्था रहेको बताउदै अभिभावक र विद्यार्थीको चाहान अनुरुप शिक्षण सिकाईका साथ अन्य कृयाकलापमा अघि बढ्ने बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिकाका शिक्षा यूवा तथा खेलकूद शाखाका अधिकृत नवीन खुलालले यस विद्यालयले शिक्षाको अलवा राम्रो संस्कारको विकास गरेको र देशले खोजेको दक्र्ष विद्यार्थी उत्पादनमा सहयोग गरेको बताउनु भयो । खुलाल आगामी वर्षहरूमा समेत विद्यालयले यस्तै सफलता चुम्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

२०५८ सालमा ११ जना विद्यार्थी एस एल सि मा सहभागि भएर सत प्रतिशत नतिजा निकालेको विद्यालयले गएको बर्ष ९४ विद्याथीलाई एस ई ई परिक्षाबाट सत प्रतिशत नतिजा निकाल्न सफल भएको थियो । हाल सम्म उत्त विद्यालयबाट एस एल सि र एस ई ई मा आठ सय उनासी र कक्षा १२ बाट एक हजार छपन्न जना विद्यार्थीले सफल्ता पाएको प्रिन्सिपल चन्द्र प्रसाद दुलालले बताउनु भयो । कार्यक्रममा प्रिन्सिपल दुलालले वार्षिक प्रतिवेदन तथा भावि ५० वर्षे कार्ययोजना समेत पेश गर्नु भएको थियो ।

कार्यक्रममा स्थापना काल देखि हाल सम्म समाजमा उत्कृष्ट कार्य गर्दै योग्दान पुर्याउने पुर्व विद्याथी र गत बर्षको शैक्षिक शत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । २०५४ सालमा एक सय विश जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको विद्यालयमा हाल बाह्र सय पचिस जना विद्यार्थी रहेको छ । स्थापना कालमा भाडामा संचालन भएको विद्यालयको हाल ११ कठ्ठा ५ धुर जमिनको क्षेत्रमा तीन वटा भवन र खेल मैदान निर्माण गरी विद्यालयका संचालन हुदै आएको छ ।

उक्त अवसरमा विद्यार्थीहरुले विज्ञानसंग सम्बन्धी ज्ञान प्रदर्शन गर्नुका साथै विभिन्न जातजातिका झांकी, भेषभुषा सहित आ आफ्नो गायन, नृत्य तथा सांस्कृतिक कलाहरू प्रस्तुत गरेका थिए । रजत जयन्ती समारोह शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश नं १ का प्याप्सन अध्यक्ष टिकाराम ढकालले, पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर