भाेली देखि पथरी शनिश्चरेमा हात्तीपाइले विरुद्धकाे औंषधी सेवन सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

भाेली देखि पथरी शनिश्चरेमा हात्तीपाइले विरुद्धकाे औंषधी सेवन सुरु

साइनाे समाचारदाता/पथरी, १० फागुन,

नेपालले सन् २०२० सम्ममा नै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य लिएतापनि हालसम्म हात्तीपाइले रोग उन्मूलन हुन सकेको छैन । नेपालले सन् २००३ देखि हात्तीपाइले रोग निर्मूल पार्न र यस सम्बन्धी जनचेतना जगाउन अभियान सुरु गरेको हो ।

नेपालले तोकिएको समयमा रोग उन्मूलन गर्न नसके पछि सन् २०३० लाई रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकासको लक्ष्य अनुसार नेपालमा हात्तीपाइले निवारण अभियान सन् २००१, २००५, २०१२ र २०२० मा भएको थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग ६३ जिल्लामा व्यापक रहेको देखाएको थियो ।

यस वर्ष सरकारले लिएको लक्ष्य अनुसार प्रदेश नं १ को झापा र मोरङमा यो अभियान सञ्चालन हुदैछ । यि जिल्लामा तीनथरी औषधि आइभरमेक्टिन, डी.इ.सी. र अल्बेन्डाजोल खुवाईने भएको छ । औषधि सेवन अभियान संचालनमा रहेका १० जिल्ला मध्ये मोरङ, झापा, कपिलबस्तु, दाङ, बाके, कैलाली गरि ६ जिल्लामा तीन थरी औषधि वितरण गर्ने भएको हो ।

यसैबीच पथरी शनिश्चरे नगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष अनुसार फागुन ११ गते देखि औषधि वितरण गर्ने भएको छ । नगरले घरै पिच्छे हात्तीपाइले विरूद्ध औषधि खुवाउन कर्मचारी खटाउने भएको हो । नगरले हात्तीपाइले रोग विरूद्धको आमऔषधी सेवन “आफु खाउ र छिमेकीलाई खुवाउँ” अभियान अन्तरग नगरका १० वटै वडाहरुमा अभियान संचालन गर्ने बताएको छ । २०७४ सालमा उत्कृष्ट अभियान संचालन गर्दै पथरी शनिश्चरे नगरपालीका मोरङ प्रथम भएको थियो । उत्केष्ट अभियान संचालन गर्दै नगद १ लाख पाएको नगरले छिमेकी जिल्लाका कारण पुर्न औषीधी सेवन अभियान संचालन गर्नु परेको पथरी शनिश्चरे नगर स्वास्थ संयोजक मुरारी आचार्यले ।

कुनै लक्षण नदेखिए पनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै नगरले औषधी सेवन गर्न नगरवासीमा अनुरोध गरेको छ । रोग लागेपछि पूर्ण रुपमा निको नहुन भएकाले आम नागरिकलाई औषधी सेवन गर्न नगर प्रमुख मोहन तुम्बापोले अनुरोध गर्नु भएको छ । समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियान सफल हुने स्वास्थ संयोजक मुरारी आचार्यले बताउनु भयो ।

६३ जिल्लामा हात्तीपाइले रोग भए पनि ४८ जिल्लामा समुदाय स्तरमा सङ्क्रमण पाइएको थिएन । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखा लगायतका जिल्ला थिए । २०२० मा रोग उन्मूलन गर्ने लक्ष फेल भए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुर्न अभियान सञ्चालन गर्न लागेको हो ।

सम्बन्धित खवर