पथरी–जाँते–ज्यामिरे सडक अन्यौलमा - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पथरी–जाँते–ज्यामिरे सडक अन्यौलमा

साइनाे समाचारदाता/पथरी, फागुन १
प्रदेश नं. १ को गौरवको योजना मोरङको पथरी–जाँते– हुँदै लेटाङ ८ को ज्यामिरे जोड्ने सडक कालोपत्रे नहुँदा जाँतेका बासिन्दाले सास्ती खेप्नु परेको छ । २०७६ मङ्सिर २३ गते तत्कालिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको बाटो हाल सम्म पनि निर्माण हुन सकेको छैन । ३ वर्षमा सडक निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको श्री श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।


समयमै सडक निमार्ण हुन नसक्दा लेटाङ ८ र ९ का २ हजार घरधुरीले दैनिक धुलो खान बाध्य भएका छन । सडक निर्माण सुरु भएको ४ बर्ष वित्न लाग्दा पनि सडक सम्पन्न हुन सकेको छैन । पथरी देखि जाँते सम्मको ८ किलोमिटर भित्र पर्ने जङ्गल क्षेत्रका रुखहरु नहटेका कारण सडक निर्माण हुन नसकेको स्थानीय युवा बताउछन ।

प्रदेश सरकारले २०७६ सालमा गौरवको योजनाका अन्र्तगत उत्त सडकलाई लिएको थियो । जाँतेवासीले छोटो र सुविधाका लागि उत्त बाटो प्रयोग गर्ने गरेका छन । करिव २० हजार भन्दा बढि जनसख्यारहेको जातेबासीले पथरी जादा आउदा सास्ती खेप्दै आउनु पुर्व वडाध्यक्ष कृष्ण प्रसाद लुईटेल बताउनु हुन्छ ।

२०७६ मङ्सिर २३ गते पथरी देखि जाते हुदै ज्यामिरे जोड्ने सडक बन्ने भए पछि जाँते बासीमा खुसियाली छाएको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ७२ करोड ५० लाख रुपियाँको लगानिमा सडक टेण्डर आह्वान गरेको थियो । उत्त टेण्डर ०७८ असोज भित्र सम्पन्न गर्ने गरी ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपैयाँमा श्री श्रेष्ठ कन्ट्रक्सन कम्पनी काठमाडौंले पाएको थियो । तर श्रेष्ठ कन्ट्रक्सनले पनि सडक अर्कै ठेकदारलाई जिम्मा लगाए पछि सडक निर्माण कार्य अलपत्र परेको हो ।


जंगल क्षेत्रमा रहेका रुख काटान गर्नु पर्ने गलत तथ्याङक पेश भएका कारण सडक निमार्णकाय रोकिएको सव डिभिजन वन कार्यलय जाँतेका प्रमुख राजेन्द्र धिमिरेले बताउनु भयो ।

वन, ठेकेदार कम्पनी र प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको कम्जोरीका कारण जनताले सास्ती भोग्नु परेको लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीले बताउनु भयो । अब केहि दिनमै मन्त्रालय जाने र क्याविनेटबाटै स्वकृत गराएर निमार्णकार्य चाडौ सुरुहूने लावतीले बताउनु भयो ।
१९ दशमलव ६ किलोमिटर लम्बाइको सडक करिव ३ किलोमिटरमै सिमित रहेको छ । जाँते चौक देखि साविकको गाविस कार्यालय सम्मको बजार क्षेत्रमा नाला सहिको कालो पत्रे भए पनि अन्य काम अलपत्र अवस्थामै रहेको छ । २२ फिट चौडाई र ५० एमएमको मोटाइमा अस्पल प्रविधिबाट बन्ने भनिएको सडकको २५ प्रतिशत काम पनि हुन सकेको छैन ।

बेस लगाएको जंगल एरियामा ठूला ठूला रुख काट्ने प्रक्रिया अघि नबढ्दा बेस लगाइसकेको सडकमा पुन खाल्डा खुल्डी पर्न थालेको छ । उत्त सडक पथरी, जाँते हुँदै प्रदेश १ का प्रमुख पर्यटकीय सम्भावना भएका ऐतिहासिक महत्वका ठाउँ सम्म पुग्ने सडक सञ्जाल हो । सडक बिस्तार भए उत्तरी मोरङका फलफूल, चिया, अलैची, अम्रिसो, तेजपात बिक्री गर्न किसानलाई सहज हुने थियो । उत्त सडक बने पाहाडको ज्यामिरेलाई सिधै भारतकोे सिक्टी सम्म छोटो दुरीको सडक बन्ने थियो ।

सम्बन्धित खवर