सहकारीले ल्यायो खुसी २९ वृद्धवृद्धालाई वृद्धभत्ता वितरण - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सहकारीले ल्यायो खुसी २९ वृद्धवृद्धालाई वृद्धभत्ता वितरण

साइनाे समाचारदाता/पथरी, २५ माघ
७० बर्ष उमेर कटेका वृद्धवृद्धाहरुलाई लर्ड बुद्ध सहकारीले वृद्ध भत्ता वितरण गरेको छ । बुढेशकालमा सहकारी भत्ता वितरण गरेका २९ जना आमा बुबाहरु सुखीले दंग परेका छन । भर्खरै ७० बर्ष पुगेका चन्द्र केसी भत्ता पाए पछि लर्ड बुद्ध सहकारी बुढेशकालको साहारा बनेको बताउनु हुन्छ ।


मोरङको पथरी शनिश्चरे नगरपालीकामा रहेको लर्ड बुद्ध सहकारीले २१ औं स्थापना दिवसको अवसरमा २९ जना वृद्धवृदा वृद्ध भत्ता वितरण गरेको हो । सहकारीमा आबद्ध आफ्ना वृद्धवृद्धा सदस्यलाई सहकारीले २ बर्ष अघि देखि वृद्ध भत्ता वितरण गर्न थालेको हो । आज सहकारीको २१ औं स्थापना दिवसको अवसरमा २९ जना वृद्धवृदा नगर प्रमुख मोहन प्रसाद तुम्बापोले भत्ता वितरण गर्नु भएको छ ।

लर्ड बुद्ध सहकारीले वृद्ध बाआमाको सम्मान गर्दै नेपालमै पहिलो पटक वृद्ध भत्ता वितरण गर्न सुरु गरेको हो । सहकारीले जन्म दिन मनाउने, तिर्थाटन भ्रमण गराउने र बुढेशकालको साहारा लौरो उपहार दिने जस्ता लोकपृय कार्य गर्दै आएको छ ।


लर्ड बुद्ध साकोसको २१ औं वार्षिकोत्सवको उद्घाटन गर्दै नगरप्रमुख मोहनप्रसाद तुम्वापोले सहकारी अभियन्ताको सरसल्लाहामा नगरले आवश्यताको आधारमा निति नियम परिवर्तन गदै जाने बताउनु भयो । तुम्बापोले सहकारीले सामाजिक उत्तरदायीत्व निभाउदै समाजमा खेलेको उल्लेख्य भुमिकाको प्रसंसा गर्दै अन्य सहकारीले पनि यस्तै कार्य गर्न आग्रह गर्नु भयो ।

उमेर भरि सहकारीमा पैसा जम्मा गरेर सहयोग गर्नु भएका वृद्धवृद्धालाई सहकारीले सम्मान गरेको सचिव महेन्द्र ढुङगानाले बताउनु भयो । राज्यले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै सम्मान गरेको छ हामीले पनि उहाँहरुलाई सानो सम्मान स्वरुप भत्ता वितरण सुरु गरेको सचिव ढुङगानाको भनाई छ । सहकारीले उमेर पुगेका वृद्धवृदा सदस्यलाई प्रत्येक ३÷३ महिनामा ३ हजारका दरले वृद्धभत्ता वितरण गर्दै आएको छ ।

२१ औं वार्षिकोत्सवको अवसरमा पत्रकार भुमि पाठकलाई नगद ५ हजार १ सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक कर्ण बहादुर राई र सहकारीमा आवद्ध एकल महिलालाई नगद सहित सम्मान गरिएको थियो । संस्थाले अयोजना गरेको रत्तदान कार्यक्रममा ५ प्रिन्ट भन्दा बढी रक्तदान गर्ने संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

सहकारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र छात्रालाई पुरस्कृत गरिएको थियो । “वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका” विषयक भएको वक्तृत्वकलामा नगरका १५ विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा चन्द्रकिरातेश्वर माविकी छात्रा निवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अंग्रेजी मा विका छात्र भविन्द्र अधिकारी दोस्रो, रेडस्टार आवसीय मा विकी छात्रा मोनिका आचार्य तेस्रो र मोरङ्ग मेरिगोल्ड अंग्रेजी मा विका समीर कार्की र पंचायत मा विकी छात्रा गंगा भण्डारीले सान्त्वना स्थान हासिल गरेका थिए ।

सम्बन्धित खवर