ब्यापारीहरुको समस्यालाई संबोधन गर्दै ब्याजदर धटाउन मुख्य मन्त्रीको आग्रह - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

ब्यापारीहरुको समस्यालाई संबोधन गर्दै ब्याजदर धटाउन मुख्य मन्त्रीको आग्रह

साइनाे समाचारदाता/पथरी, २१ माघ/ प्रदेश नं. १ का मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले ब्यापारीहरुको समस्यालाई उचित ढंगले संबोधन गर्दै निजी क्षेत्रलाई प्रोसाहन हुने गरी ब्याजदरलाई अविलम्ब घटाउन राष्ट्रिय बैकका गभर्नर संग माग गर्नु भएको छ । मुख्य मन्त्री कार्कीले उर्लाबारीमा आजबाट सुरु भएको प्रादेशिक औधोगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन गर्दै उत्त कुरा बताउनु भएको हो ।


मुख्य मन्त्रि कार्कीले ब्यावसायीलाई मारपार्ने बैकको ब्याजदर १० प्रतिशत भन्दा कम गर्न गभर्नरलाई अनुरोध गर्नु भएको छ । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका औधोगिक, व्यापार, कृषि तथा पर्यटनमा टेवा पुराउने उदेश्यका साथ संचालन भएको महोत्सव माघ २९ गते संम्म संचालन हुने छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका ब्यापारीक स्टलहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शोभा पालुङगा औधोगिक, व्यापार, कृषि तथा पर्यटन राज्यको समृदको एउटा आधार भएको बताउनु भएको छ । अब आयतित ब्यापारलाई मात्र हैन नेपालमै भएका स्रोत साधनलाई प्रयोग गरि उत्पादन दिने उद्योग संचालन गर्नु पर्ने बताउनु उहाँको भनाई छ ।


कार्यक्रममा विशिष्ट अतिथी प्रदेश संसद शोभा पालुङ्गा, उमाकान्त खनाल, नगर प्रमुख गंगा प्रसाद खरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । उर्लावारी उद्योग वाणिज्य संघको मुख्य आयोजकमा भएको महोत्सवको पि एल ओ लुब्रिकेन्टले गरेको छ । उर्लाबारीमा १५ बर्ष पछाडी उर्लावारी नगरपालिकाको संरक्षक प्रादेशिक महोत्सव सुरु भएको हो ।
महोत्सवका व्यापार ब्यावसायको प्रबन्ध गर्ने उदेश्यका साथ १५ बर्ष पछाडी उर्लाबारीमा प्रादेशिक महोत्सव सुरु भएको संयोजक चन्द्रबहादुर भट्टराईले बताउनु भयो । उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारी अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जातजातिको सास्कृतिक झार्की प्रस्तुत गरेको थियो ।

सम्बन्धित खवर