पथरी शनिश्चरे नगरमा हिउदे अधिवेसनबाट ७ करोड माथीको बजेट संसोधन - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरी शनिश्चरे नगरमा हिउदे अधिवेसनबाट ७ करोड माथीको बजेट संसोधन

साइनो समाचारदात, पथरी/माघ १४
पथरी शनिश्चरे नगरले हिउदे अधिवेसनबाट कुल ७ करोड ७९ लाख ४८ हजार २ सय ९० को बजेट संसोधन गरेको छ । नगरले माघ ११ सम्पन्न १२ औं नगरसभाले गरेका निर्णयहरु र आर्थिक बर्ष ०७९/८० को पौष मसान्त सम्मको प्रगति विवरण प्रस्तुत गरेको छ ।


माघ १२ गते भएको पत्रकार सम्मेलनमा नगरले संघीय सरकारबाट प्राप्त ५ करोड ६१ लाख २९ हजार ७ सय ९०, प्रदेश सरकारबाट प्राप्त ४८ लाख ४८ हजार ५ सय र स्थानीय मालपोतबाट प्राप्त राजस्वबाट १ कारोड ७० लाख गरि ७ करोड ७९ लाख ४८ हजार २ सय ९० को बजेट संसोधन गरेको प्रवक्ता नवीन कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।

१२ औं नगरसभाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी गरि दुईवटा विधेयक पारितगरेको छ । नगरमा लामो समय देखि घर नक्सा पासमा सेवाग्रहीले सस्ती पाएको जनाउदै प्रकृयामा छुटेका घर नक्सा पासको प्रतिलिपि उपलब्ध भए सम्पन्नता दिने लगायतको निणर्य भएको उल्लेख गरेको छ ।

नगरसभाले सुकुम्बासीको हकमा सुकुम्बासी बसेको जग्गाको कर नगरले नलिने, जोतभोगको आधारमा धनीपुर्जा दिन संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने, नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निणर्य गरेको छ । नगरकाे नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कर्य रोक्न प्रकृया अघि बढाउने निणर्य भएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख तुम्बापोले गए आर्थिक बर्षमा कर बृद्धि बारे गुनासो गरेपछि करको दायरा घटाइएको जानकारी दिनु भयो । नगरले पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख गरेको छ । नगर अघिवेशनले उत्कृष्ट कर्मचारी लुकनाथ पोख्रेललाई ३० हजार नगद सहित सम्मान गरिएको छ ।

सम्बन्धित खवर