साइनाे समाचारदाता/पथरी, माघ १२,
मोरङको पथरीशनिश्चरे वडा नं.२ द्वारा आयोजित खेलकुद सप्ताह अन्तर्गत चेस, क्रिकेट, फुटवल, छेलो र २ सय र ४ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । वडाले आयोजना गरेको क्रिकेट प्रतियोगितामा वडा नं १ च्याम्पियन बनेको छ । त्यस्तै टोलस्तरीय फुटबल खेलको उपाधि बुद्ध चोकले जितेको छ ।
वडाले दुव्र्यसन रहित समाज निमाणमा सहयोग गर्ने उदेश्यले युवा युवती, किसोर किशोरीहरुको स्वास्थलाई लक्षित गरि खेलकुद प्रतियोगिता सुरु गरेको थियो । पुस ३० देखी माघ ८ गते सम्म संचालन भएको प्रतियोगितामा ५ विधामा प्रतिस्पदा भएको थियो ।
क्रिकेट प्रतियोगितामा वडा नं ३ लाई १० विकेटको क्षतिमा १५९ रनमा रोक्दै वडा नं १ च्याम्पियन बनेको हो । वडा नं १ ले २२४ रनको लक्ष्य दिएको थियो । फुटवल खेलमा भने बुद्ध चोकले देवीगञ्ज टिमलाई १ का विरुद्ध ३ गोल गर्दै उपाधी चुमेको छ । क्रिकेट वडा नं. १ ले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ वडा नं. ३ ले १५ हजारमा चित्त बुझाएको छ । त्यस्तै फुटवल विजेता बुद्ध चोकले २५ हजार प्राप्त गरेको छ भने देवीगञ्ज १५ हजारमा चित्त बुझाएको छ ।
क्रिकेट खेलमा बेष्ट वलर अस्विन महत, वेष्ट फिल्डर चेतन खतिवडा, म्यान अप दि सिरिज दिपेश भण्डारी, म्यान अफ दि म्याच आदर्श कार्की घोषित भए । खेलकुद सप्ताह अन्तर्गत सटपुटर छेलो प्रतियोगितामा मौसम लिम्बु , दिपेश ढुंगाना र श्याम राई क्रमशः प्रथम ,दृतिय र तृतीय स्थान हासिल गरेका छन । यसैगरी, ४ सय मिटर दौड प्रतियोगितामा विनायक लिम्बु, मन क्षेत्री र सबिन श्रेष्ठ तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै, २०० मिटरको दौड प्रतियोगितामा भीम महतारा, सविन श्रेष्ठ र बिनायक लिम्बु क्रमश प्रथम, दृतिय र तृतीय स्थान हासिल गरेका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मोहन तुम्बापोले जनही नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँले पुरस्कृत गर्नु भयो । चेस प्रतियोगितामा बिक्रम राई प्रथम घोषित भएका छन ।
वडा नं. २ वडाध्यक्ष अध्यक्ष नैना राईको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपप्रमुख देवी माया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेद प्रसाद गौतम र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।