साइनो समाचारदाता/पथरी ११ माघ
मेइतु पेन्ट्सको आधिकारीक बिक्रेता खुसी श्री ट्रेडर्सले आफ्नो भाग्यसाली एकजना ग्राहकलाई रेफ्रीजेनेटर (फ्रीज) वितरण गरेको छ । पेन्टसले लक्की ड्र मार्फत पथरी शनिश्चरेको लाफा वचत तथा ऋण सहकारी सस्था लि. लाई पुरस्कृत गरेको हो । पेन्ट्सले प्रदेश नं. १ का पेन्टर हिमाल लिम्बूलाई उत्कृष्ट पेन्टर घोषण गर्दै ३२ इन्चको टिभी प्रदान गरेको छ ।

सरल र सुफथ मुल्यमा पाइने मिटु पेन्ट्सलाई घाम पानीले समेत असर नगर्ने खुसी श्री ट्रेडर्सका संचालक ऋषि चम्लगाईले बताए । आधुनी र मार्वल स्टाइलमा रहेको पेन्ट्स १० वर्ष सम्म टिक्ने चौलागाईले बताए । आकर्षक घर तथा कोठाहरु बनाउन मिटु पेन्ट्स प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । हाल बजारमा चाइनीज तथा जापानी टेक्नोलोजीबाट उत्पादीत मिटु पेन्ट्सका रङहरु भित्रिसकेको छ ।

पेन्टस गत बर्ष मेइतु पेन्टसको रंगले घर रंङगाएका आफ्ना ग्राहक मध्येबाट एक जना भाग्यसाली ग्राहकलाई पुरस्कृत गरेको हो । मेइतु पेन्टसको आधिकारीक बिक्रेता खुसी श्री ट्रेडर्सले मोरङको पथरी शनिश्चरे स्थित शान्ति भूल्के सिमसारमा एक कार्यक्रमको अयोेजना गरी बनभोज तथा सम्मान र पुरस्कृत कार्यक्रम गरेको हो । कार्यक्रममा ३२ पेन्टरहरुलाई ट्राक सुट प्रदान गरी सम्मान समेत गरेको छ ।
कार्यक्रममा ग्राहक विच हाडी फोर र म्युजिकल चेयर प्रतियोगिता गर्दै पुरस्कृत गरेको छ । हाडी फोरमा हिमाल लिम्बु र म्युजिकल चेयरमा अरुणा राई प्रथम भए । पेन्ट्सले सहभागी ग्राहकलाई डायरी र कलम मायाको चिनो प्रदान गरेको छ ।

















