साइनाे समाचारदाता/पथरी, ७ माघ
शिक्षामा राजनिति नगर्न शान्ति भगवती माध्यमिक विध्यालयका अध्यक्ष देवराज चाम्लिङले अनुरोध गर्नु भएको छ । विद्यालयको ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अध्यक्ष चाम्लिङले उक्त कुरा बताउनु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चाम्लिङले विद्यालयको शैक्षिक गुणस्तर र विद्यालयको सर्वांगीण उन्नतिका लागि अहोरात्र लागिपर्ने बताउनु भयो । बिद्यालयलाई कमजोर पार्न राजनितीक खेलहरु सुरु भएको भन्दै यस प्रती सबै सजग रहन आग्रह गर्नुभएको छ ।
बिज्ञान प्रदर्शनी सहितको सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद ढकालले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा कम्पुटर इन्जीनियरीङका विध्यार्थीले आफ्नो बनाएका विभिन्न किसिमका उपकरणहरु प्रदशन गरेका थिए ।
मोरङको लेटाङ नागरपालिका –४ मा रहेको श्री शान्ति भगवती माध्यमिक विध्यालयको ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विज्ञान प्रदशनी, शैक्षिक प्रदर्शनीका अक्षयकोष दातालाई सम्मान साथ वाषिर्क पुरस्कार वितरण रहेका थियो ।
कार्यक्रमको प्रमुख अथिति लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले शिक्षानै विकासको मुख्य क्षेत्र रहेको बताउनु भयो । कार्यक्रममा पुर्व नगर प्रमुख शंखर राई वडाध्यक्ष राम श्रेष्ठ, लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।