प्रदेश नं. १ को राजधानी विराटनगर हो : मुख्य मन्त्रि कार्की - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

प्रदेश नं. १ को राजधानी विराटनगर हो : मुख्य मन्त्रि कार्की

साइनाे समाचारदात/विराटनगर, ६ माघ
प्रदेश नं. १ को राजधानी विराटनगरमै रहने प्रदेश नं. १ का मुख्य मन्त्रि हिक्मत कार्कीले बताउनु भएको छ । कार्कीले विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकको १२ औं वार्षिकोत्सवको अवसरमा उक्त कुरा बताउनु भएको हो ।


मुख्य मन्त्रि कार्कीले राजधानी दायाँ बायाँ कतै नजाने भन्दै अघिल्लो प्रदेश सभाले गरेको निर्णय अनुसार राजधानी विराटनगर नै हुने उहाँले बताउनु भयो । चालु आर्थिक बर्ष भित्रै जग्गा प्राप्तिको प्रकृयामा सफल भएमा शिलन्यास गर्ने समेत उहाँले बताउनु भयो । चालु आर्थिक बर्ष भित्र नभए पनि आउदो आर्थिक बर्ष भित्रमा आवश्यक पुर्वाधार र संरचना विराटनगर भित्रै निर्माण गर्ने कार्कीले बताउनु भयो ।

प्रदेशको नाम पनि छिटै तोकीने कार्कीले बताउनु भयो । पहिचान सहितको नामका लागि उच्च प्रथमिक्तामा राखेर छलफल अघि सारेको कार्कीको भनाई छ । प्रदेशको नाम राख्न ५ बर्ष ढिला भएको र त्यसको जिम्मेवारी ठुलो दलको हिसावले आफुले लिने कार्कीले बताउनु भयो । प्रदेशको नामका लागि भने दुईतिहाई बहुमत चहिने भन्दै सबै पार्टीको सहमतीमा नाम टुङगो लगाउनु कार्कीले बताउनु भयो ।

कार्कीले प्रदेश सरकारको संरचना आकार र बजेटलाई घटाउन १३ वटा मन्त्रालयबाट ९ ओटामा ल्याएको र भोली देखिनै आआफ्नो जिम्मेवारी लिन सबै मन्त्रिलाई आग्रह गनु भएको छ ।

कार्यक्रममा नेपाली समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने १२ नारीलाई सम्मान समेत गरिएको छ । न्यू सृष्टि दैनिकले शुक्रवार होटल एसिवाटीकमा आयोजीत सम्मान समारोहमा संचार, साहित्य, पर्यटन, खेलकुद, कला, राजनीति, स्वास्थ्य, सामाजिक सेवा, इतिहास, उद्यमलगायतका क्षेत्रलाई समेटेर सम्मान गरिएको छ ।
वार्षिकोत्सवमा संचार तर्फ रेडियो नेपालमा लामो समय समाचार वाचन गनु भएकी कृष्णा ताम्राकार, नेपाली सेनेमाकी प्रथम नायिका भुवन चन्द, राजनीति क्षेत्रबाट हलेसी नगरपालिका खोटाङकी मेयर विमला राई, चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेल, ३ पटक सगरमाथा आरोही माया शेर्पा, नेपाली सेनेमाकी चर्चित नायिका स्वस्तिमा खड्का, नोबेल र केएमसीकी संचालिका इन्दिरा शर्मा, खेलकुदतर्फ सीमा राउत, महिला उद्यमबाट अजिता बराल घिमिरे, सामाजिक सेवातर्फ रचना राठी, साहित्यबाट पूजा बहार र मिस इन्टरनेशनल २०२२ की प्रतिस्पर्दी न्यान्सी खड्कालाई सम्मान र पुरस्कृत गरिनेछ ।

कार्यक्रममा एक वर्षयता समाजका विभिन्न क्षेत्रमा रहेर कार्य गर्ने सपना रिजाल (सामाजिक कार्य), शिक्षादीप कलेज, अरनिको कलेज, अर्किड कलेज (शिक्षा), साहित्यकार ऋषि तिवारी, विज्ञापन एजेन्सी मकालु एड्भरटाइजिङ, संगीता सापकोटा अमेरिका, गोपाल अग्रवाल, विजय सुरानालगायतलाई सम्मान गरिएको छ ।
समाजका विविध क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याएका नारीहरू र समाजका लागि उदाहरणका बनेका प्रतिनिधिलाई छनौट गरेर पुरस्कृत र सम्मान गरेको अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेलले बताउनु भयो । न्यू सृष्टि दैनिक २०६७ सालदेखि दैनिक रुपमा प्रकाशन सुरु भई नेपाल प्रेस काउन्सीलको क वर्गमा सूचिकृत दैनिक पत्रिका हो ।

सम्बन्धित खवर