साइनो समाचारदाता/पथरी, ३० पुस
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ ले खेलकुद सप्ताह सुरु गरेको छ । पुस ३० देखी माघ ८ गते सम्म संचालन हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पदा हुदै छ ।
वडाले चेस, क्रिकेट, फुटवल, छेलो र २ सय र ४ सय मिटर दौड प्रतियोगितामा प्रतिस्पदा गराउने भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी नगर प्रमुख मोहन तुम्बापो, विशिष्ट अतिथी उपप्रमुख देवी माया काफ्ले र ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेद प्रसाद गौतमले क्रिकेट प्रतियोगिताको सुरु गरि उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्बापोले नगरले खेललाई विशेष प्रथमिक्तामा राखेको बताउनु भयो । तुम्बापोले खेलकुदको माध्यमबाट आफ्नो नगर र देशको नाम विश्व सामु चिनाउन सकिने बताउनु भयो । खेलले शरिर स्वास्थ र ब्यात्तीमा अनुसासन रहने भएका कारण नगर र वडाले खेलकुद गतिविधी अगाडी बढाएको तुम्बापोको भनाई छ ।
वडाले दुव्र्यसन रहित समाज निमाणमा सहयोग गर्ने उदेश्यले युवा युवती, किसोर किशोरीहरुको स्वास्थलाई लक्षित गरि खेलकुद गतिविधी अघि सारेको वडाध्यक्ष नैना राईले बताउनु भयो । क्रिकेट प्रतियोगितामा नगरका कुल १० वटा वडाहरुले सहभागिता जनाएका छ ।
उद्घाटन खेलमा पथरीशनिश्चरे वडा नं ४ र १० विजयी भएका छन । वडा नं. ४ ले वडा नं. ७ लाई ३ विकेटले पराजित गरेको छ । वडा नं. ७ ले दिएको १ सय ८० को ताग्र्रेटलाई वडा नं. ४ ले अन्तिम ओभरमा पुरा गरेको थियो । खेलको म्यान अफ द म्याच वडा नं. ४ का रजकुमार मगर घोषित भए ।
दोस्रो खेलमा वडा नं. १० ले वडा नं. ९ लाई ७ विकेटले पराजित गरेको छ । १५ ओभरमा अलआउट भएको वडा नं. ९ ले ८१ रनको लक्ष्य दिएको थियो । वडा नं. १० ले ६ ओभरमा लक्ष्य पुरा गर्दै दोस्रो चरण प्रबेश गरेको छ । दोस्रो खेलको म्यान अफ द म्याच वडा नं. १० का महेश कार्की घोषीत भए । वडाले खेलकुद शिर्षकबाट विनियाेजन गरेको २ लाख ५० हजार रुपैयाँ र खेलप्रेमी संघ संस्थाहरुको सहयोगबाट उत्त प्रतियोगिता सुरु गरेको हो ।