लर्ड बुद्धद्धारा सय प्रिन्ट ब्लड संकलन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

लर्ड बुद्धद्धारा सय प्रिन्ट ब्लड संकलन

साइनाे समाचारदाता/पथरी, २५ पुस,
मोरङ पथरी शनिश्चरे–२, मा अवस्थीत लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले १ सय प्रिन्ट ब्लड संकलन गरेको छ । सहकारीले नेपाल रेडक्रस सोसाइटी उर्लाबारी युनिटको प्राबिधिक सहयोगमा उत्त ब्लड संकलन गरेको हो । सहकारीले रगतकाे अभावमा कसैले ज्यान गुमाउनु नपराेस भन्ने उदेश्यका साथ प्रत्येक पुस २५ गते आफ्नो नियमित बार्षीक कार्यतालिका बनाई रक्तदान कार्यक्रम गर्दै आएको छ । सामाजिक कार्यमा सकृय रहेको संस्थाले पेन्सन बचत, वृद्ध भत्ता, छात्रवृत्ती, जन्म उत्सव, स्वास्थ उपचार सहयाेग लगायतका जनमैत्री कार्यक्रम मार्फत सेयर सदस्यकाे मन जित्दै आएकाे छ ।

सोहि अवसरमा संस्थाले थप ३७ जना नयाँ शेयर सदस्य समेत विस्तार गरेको सचिव महेन्द्र ढुङगानाले बताउनु भयो ।

सम्बन्धित खवर