पथरी शनिश्चरे राजमार्ग सफाई, बस स्टेन्ड सर्याे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

पथरी शनिश्चरे राजमार्ग सफाई, बस स्टेन्ड सर्याे

साइनाे समाचारदाता/पथरी, २० पुस, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् । आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि सारिएको छ भने पुर्व बस स्टेन्डलाई ट्रार्फिक कार्यलय अगाडी सारिएकाे छ ।

सो बस स्टेन्ड, म्याजिक तथा ट्याम्पो स्टेन्डको बोर्डलाई नगर प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको छ । यसैगरी वडा नं.१ मा रहेको मुख्य बजारहरुमा सडक आसपासमा अव्यवस्थित व्यापार सञ्चालन गरेकालाई ब्यवस्थित गर्ने कार्य भएको छ । साथै हलुका साधनले गर्ने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरी तोकिएको स्थानमा पार्किङ गर्ने सचेतनामूलक जानकारी गराइएको छ । यसरी बजार व्यवस्थापनमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरी साथै व्यापारीहरुको सहभागिता रहेको थियो । यदि बजार व्यवस्थापन कार्यलाई अटेर गरेमा कानुनी कारवाही गरिने वडा नं. १ अध्यक्ष भिम राईले जानकारी दिनुभयो । बजार व्यवस्थापनको लागि ३५ दिने सूचना पनि जारी गरिसकिएको छ ।

सम्बन्धित खवर