साइनाे समाचारदाता/पथरी, १८ पुस, सुनाखरी युवा क्लव न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री वितरण गरेको छ । मोरङ पथरी शनिश्चरे १ मा रहेको क्लवले आर्थीक विपन्न २२ परिवारलाई १/१ ओटा ब्ल्याङकेट वितरण गरेको हो । साथै क्लवले विपन्न फुटवल खेलाडीहरुलाई फुटवल, फुटवल सुज र जर्सी समेत वितरण गरेको छ ।
ब्ल्याङ्केट तथा खेलकुद सामाग्री वितरण कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे वडा न. १ का वडाध्यक्ष भिमकुमार राईले विगत देखिनै सामाजीक कार्यमा उलेख्नीय कार्य गर्दै आएको बताउदै आउदा दिनमा विपन्नको वर्गीकरण गरि वडा पनि यस्का कार्यक्रम ल्याउने बताउनु भयो ।
उज्यालो पथरी अभियान लिएर अघि बढेको सुनाखरी युवा क्लवले जाडो मौसममा बढे लगतै न्यानो अभियान संचालन गरेको छ । जाडोमा न्यानो बनाउने उदेश्य अन्तरगत २२ परिवारलाई ब्ल्याङकेट वितरण गरेको क्लवका अध्यक्ष मिलन राईले बताउनु भयो ।
क्लवले सुनाखरी युवा क्लवले प्रत्येक बर्ष समाजमा सचेतना फैलाउदै लागु औषधी विरुद्ध कार्यक्रम, खेल मैदान मर्मत, बजार सरसफाई, फुटवल प्रतियोगिता, मिनी मेला संचालन, दिपावली साँझ लगायता कार्यक्रम गर्दै आएको छ ।
क्लवका सचिव मनि लिम्बूले संचालन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथी कुमार चाम्लिङ, प्रदिप कुमार राई, नरेन्द्र घिसिङ लगायतको उपस्थीती रहेको थियो ।