मृत्यू पर्यन्त भुक्तानी दिदै आई एम ई लाइफ - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

मृत्यू पर्यन्त भुक्तानी दिदै आई एम ई लाइफ

साइनाे समाचारदाता/पथरी, १४ पुस,
मोरङ पथरी शनिश्चरे ८ का टंक बहादुर बस्नेतको परिवारलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख १७ हजार ५ सय रुपयाँ दावी भुक्तानी उपलब्ध गराएको छ । इन्स्योरेन्स कम्पनी एक बर्ष अगाडी ५ लाखको विमा गरेका बस्नेतकी श्रिमति टिका बस्नेतलाई मृत्यू पर्यन्त प्राप्त गर्ने रकम हस्तान्तरण गरेको हो ।


२०७८ पुष २९ गते विमा गराएका बस्नेतको २०७९ असोज १३ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएको थियो । एक किस्ता मात्र बुझाएका बस्नेतलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले विमित ब्याक्तीको घरमै गएर उत्त रकम हस्तान्तरण गरेको हो ।
मृत्यू दावी भुक्तानी कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष नविन कार्कीले विना झन्झट समयमै पिडित परिवारलाई भेटि भुक्तानी रकम उपलब्ध गराएकोमा इन्स्योरेन्स कम्पनी धन्यबाद दिनु भएको छ । कार्यक्रमका सभापती पुर्व वडाध्यक्ष बाबुराम दाहालले समय अनुकुल हेरि सबै ब्याक्तीले विमा गर्न आवश्यक रहेको बताउनु भयो ।
आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लि. का १ नं. प्रदेश प्रमुख मिलन दाहालले आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले नितिनियम अनुसार भुक्तानी दावी गरेको १२ दिनमा विमाङक रकम दिएको बताउनु भयो ।

सम्बन्धित खवर