साइनाे समाचारदाता/पथरी, १४ पुस,
नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर समितिले नगरका सेवा निवृत्त शिक्षक तथा कार्मचारीलाई सम्मान गरेको छ । सेवा निवृत्त भएका नगरका २२ शिक्षक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मोहन कुमार तुम्बापोले सम्मान गर्नु भएका हो ।
कार्यक्रममा लामो समय शिक्षक पेशामा काम गरेर देहान्त भएका दुर्गा विक र धलबहादुर मगरलाई मरणोप्रान्त सम्मान गरिएको थियो । लामो समय पञ्चायत माविमा कार्यरत शिक्षक बिककी पत्नी कृष्णकुमारी विकले शिक्षबाट कुनै पनि बालकालीका बन्चीत नहुन भनेर पञ्चायत माविको अक्षय कोषमा ५० जम्मा गर्नु भएको छ । सम्मान कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख तुम्बापोले शिक्षा, शिक्षक र कर्मचारीको विषयमा नगर सधै संबेदन्सील रहेको बताउनु भयो । तुम्बापोले नगरले नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर संग सहकार्य गर्दै आएको समेत बताउनु भयो ।
नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर अध्यक्ष अर्जुन कुमार बुढाथोकीले कोभिडको समयमा शिक्षक कर्मचारीको हितमा काम गर्दै नगर संग समन्वय गरि शिक्षक पदपुत्ति, सम्मान र अवकास प्रप्त शिक्षकले रित्तोहात घर नफर्किउन भनेर १ लाख प्रोसाहानको ब्यवस्था गरेको बताउनु भयो ।
नेपाल शिक्षक महासंघ नगर अध्यक्ष अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विशिष्ट अतिथी पथरी शनिश्चरे नगर शिक्षा शाखा अधिकृत सालिग्राम काफ्ले, नेपाल शिक्षक महासंङ जिल्ला अध्यक्ष दामोदर सिक्देल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।