साइनाे समाचारदाता/पथरी, ९ पुस, पथरी शुक्रबार रात छिप्पिदै गर्दा चिसो बडन थालेको थियो। पथरी मिनि महोत्सवकाे स्टेज उक्लिएका गायक प्रकाश सपुतले एक्का एक माहाेल बदलिदिए । जव आफ्ना गित गाउन थाले तब एकाएक माहौल बदलिन थाल्यो । सपुतले ´पिर दियो `बाट गाउन सुरु गरे पछि माहाेल तातिन थाल्याे ।
त्यस पछि ´के हामी नेपाली हैन र` गाउदै सपुतले आफ्ना चलेका गितका गाउन सुरु गरे पछि माहौलले सुपुतकाे क्रेजकाे मैदानमा धुलाे उडायाे । जब ´डाडा घरे साइली` गाउन थाले तब दर्शक को हुटिङले सिमा नाघ्याे । सपुतले करोड भ्युजमा दर्ता भएको ´कुरा बुझ्नु पर्च` `गलबन्दी च्यातियो´ गाउन थाले पछि हुटिङ बडन थाल्यो ।
पहिलो पटक पथरीका दर्शक संग आफ्नो प्रस्तुती दिएका उनले दर्शकको राम्रो माया पाएको प्रतिक्रीया दिए । आफ्नो प्रस्तुति हेर्न आएका पथरीबासि संग सेल्फि खिचेका सपुतले बाटो खाली गर र दोहोरी ब्याटल गाउदा युवा पुस्तामा रौनक थपिएको थियो ।
स्टेज छोडन आटेका उनलाई दर्शकको ´वान्स मोर वान्स मोर´ को आवाजले डाडा घरे साइली र गलबन्दी दोश्रो पटक नगाई धर भएन । पथरीको दर्शकको वान्समोर पछि उनले ति गित गाए। पथरीमा संन्चालित मिनि महोत्सवमा आइतबार ज्योती मगरले प्रस्तुति दिने आयोजकले जनाएको छ ।