प्याब्सन अन्डर १५ फुटबलको उपाधी बाल्मीकिलाई - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

प्याब्सन अन्डर १५ फुटबलको उपाधी बाल्मीकिलाई

साइनाे समाचारदाता/पथरी, ७ पुष, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) पथरीशनिश्चरे नगरले आयोजना गरेको खेलकुद कार्यक्रम समापन भएको छ । प्रतियोगितामा बाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ स्कुलले पुरुष फुटवलमा प्रथम, पुरुष भलिवलमा दोस्रो र एकेडेमी तर्फ एस ई ई मा प्रथम स्थान हासिल गरेको छ ।


मोरङको पथरी शनिश्चरेमा रहेका निजी विद्यालयहरुको संगठन प्याब्सनले अन्डर १५ पुरुष फुटबल र भलिबलमा पुरुष र महिला तर्फ प्रतिस्पदा गराएको थियो । पुरुष फुटवलमा वाल्मीकि प्रथम रेड स्टार दोस्रो भएको थियो भने पुरुष भलिबल तर्फ एभरेष्ट आवसीय मावि प्रथम, वाल्मीकि दोस्रो र महिला भलिबलमा भूपू सैनिक प्रथम, एभरेष्ट दोस्रो भएको प्याव्सन नगर समिति खेलकुद बिभाग प्रमुख सुजन बास्तोलले बताउनु भयो ।
त्यस्तै प्याब्सन नगर समितिले गत एसईई परीक्षामा उत्कृष्ट जीपीए ३.८५ ल्याउन सफल बाल्मीकिकी त्रिसा विष्ट, न्यु पेगोडाका युगलकिशोर अधिकारी र प्यागोडा मोडलका प्रविण बोहोरालाई दुई हजार नगद सहित सम्मान गरेको थियो ।
फुटवलको फाइनल खेलमा रेडस्टारलाई सडन डेथमा पराजित गर्दै बाल्मिकि बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो । निर्धारित समय एक एक गोलको बराबरी भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा तीन तिन गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिएको थियो ।
पहिलो हापको दुई मिनेटमा रेडस्टारका सौजन समाल मगरले गोल गरे पनि आफ्नो टिमलाई जित दिलाउन सकेन्न । दोस्रो हापको पहिलो मिनेटमै बाल्मीकिका युङहाङ राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।
ट्राइब्रेकरमा रेडस्टारका छोसाङ गुरुङ, फुङलाहाङ फ्याक, उत्पल गुरुङले गोल गरे भने सुजन चेम्जोङ र सौजन मगरको प्रहार बाल्मिकीका गोल रक्षक युकेस तामाङले बचाएका थिए । त्यस्तै बाल्मिकिका तर्फबाट ओमन तामाङ, युङहाङ राई, सायल लिम्बूले गोल गरे भने अनुभब जोगी र मनिस लिम्बुको प्रहार पोष्ट बाहिरिको थियो ।
सडन ढेथमा रेडस्टारका आभास परियारले गोल गरे पनि सन्देश लिम्बू र नितन राईको गोल पोष्ट बाहिएको थियो । बाल्मिकीको तर्फबाट ओबेट लिम्बूले हानेको गोल बिपक्षी रेडस्टारका गोल रक्षक फुङ्लाहाङ्ग फ्याक लिम्बूले बचाए पनि प्रतिक घिसिङ र तेजबहादुर पाण्डेको प्रहार गोलमा परिणत भएको थियो । प्रतियोगिताको हाइ स्कोरर बालजागरण सात गोल कर्ता योगराज खड्का घोषित भए ।


फुटबल प्रतियोगितामा प्रथम हुने विद्यालय र महिला र पुरुष भलिबलमा प्रथम र दोस्रो विद्यालयर्ले मोरङ जिल्ला प्रतियोगितामा सहभागिता पाउने प्याव्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिनु भयो । उत्त विद्यालयले मोरङ जिल्लामा रहेको १७ वटा पालिकाबाट विजयीे टिम संग प्रतिस्पर्धा गर्ने छन् ।
समापन कार्यक्रममा प्याब्सन १ नम्बर प्रदेश समिति अध्यक्ष टिकाराम ढाकाल, पथरी शनिश्चरे नगरका शिक्षा अधिकृत नवीन खुलाल, २ नम्बर वडा अध्यक्ष नैना राई, प्याब्सन नगर सल्लाहकार उपेन्द्र कंडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । समापन कार्यक्रममा एभरेष्ट स्कुल सञ्चालक, प्रिन्सिपल रबिन कन्दङ्वा, बाल्मीकिका संचालक नोवलकिशोर खनाल, न्युपेगोडाका संचालक टिकप्रसाद दंगाल, रेडस्टारका संचालक राजु तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको प्रथम र दोस्रो हुने खेलाडीहरुलाई प्याब्सनको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । फुटबल प्रतियोगितामा पथरीशनिश्चरेका १६ वटा निजी विद्यालयहरु सहभागी रहेको थियो । फुटवल प्रतियोगिता पथरीशनिश्चरे २ स्थित देविगञ्ज फुटबल मैदानमा भएको थियो ।

सम्बन्धित खवर