आइ.एम.एस. कलेजकाे हल्ट प्राइज सहयाेग - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

आइ.एम.एस. कलेजकाे हल्ट प्राइज सहयाेग

साइनाे समाचारदाता/काठमाडाै‌, ७ पुष, हल्ट प्राइज एट आई.एम.एस. ले अन क्याम्पस इभेन्टमा गरिने भनिएका विभिन्न कार्यक्रमहरु मध्ये फेब्रिक डोनेसनको सफल तापुर्वक समापान गरेको छ। यहि पौष ५ र ६ गते गरि दुइ दिन भएको उक्त कार्यक्रममा आइ.एम.एस. कलेजका शिक्षक, विद्यार्थी, र अन्य स्टाफहरु लगायत ९० जनाले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम हरियो पृथ्वी बनाउने सांकेतिक समर्थन गर्दै कलेजको कान्छो विद्यार्थीबाट हरियो बिरुवामा पानी हालेर कार्यक्रम सुरु गरिएकाे क्याम्प डाइरेक्टर विकेश अधिकारीले बताउनु भयो।

कार्यक्रम जाडोको समयमा भएको कारणले तातो र न्यानो कपडाहरु बढि जम्मा भएको थियाे । सहयाेग भएका सम्पूर्ण कपडाहरु आवश्यक वर्ग सम्म पुगोस भन्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएकाे थियाे । संकलन भएकाे कपडाहरु आवश्यक वर्गलाई हस्तान्तरण गरिने कलेजका कार्यक्रम निर्देशक बिराज घिमिरेले बताउनुभयो। कार्यक्रममा कलेजले सम्पूर्ण सहभागी मध्ये ५ जनालाई पुरस्कृत गरेकाे थियाे । सकृय सहभागि मध्ये लक्की – ड्र मार्फत ५ जनालाई छनोट गरि पुरस्का वितरण गरिएको थियाे।

सम्बन्धित खवर