चासोक तङनाम (न्वागी पुजा) सुरु, सबै धर्म समुदाय एक ठाउँमा रहनुपर्छ : लिम्बु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

चासोक तङनाम (न्वागी पुजा) सुरु, सबै धर्म समुदाय एक ठाउँमा रहनुपर्छ : लिम्बु

साइनाे समाचारदाता/ पथरी, २२, मंसिर

हरेक वर्ष मङ्सिर पूर्णिमाकादिनबाट सुरुहुने चासोक तङनाम (न्वागीपूजा) अर्थात उँधौली सुरु भएको छ । चासोकतङनामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी “तागेरा निङ्वायुमालाई” चडाएर पुजाअर्चना गरि खाने चलन छ ।

सोहि अवसरमा लेटाङ याक्थुङ चुम्लुङलेटाङले आयोजनामा गरेको चासोक तङ्नाम २०७९ शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. १ का नवनिर्वाचित संविधान सभा सदस्य डिग बहादुर लिम्बुले सबैधर्म समुदाय एक ठाउँमा रहन आग्रहर गर्नु भएको छ । कार्यक्रमको प्रमुख आतिथी लिम्बुले राष्ट्रिर राष्ट्रियता बलियो बनाउन सबै नेपालीहरु एक ठाउमा उभिएर धार्मीक सहिष्णुता कायम गर्नुपर्ने बताउनु भएको छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाकादिनबाट किराँत समुदायले महान पर्व चासोक तङनाम (न्वागी पुजा) सुरु गरि  मनाउने चलन छ । किराँत सस्कार अनुसार यो पर्वमा नयाँअन्नबाली “तागेरा निङ्वा युमालाई” चढाएर मानिसले खाने प्रचलन रहेको छ । नयाँ वर्ष सुरु भए संगै मनाईने चासोकतङ्नाम पर्वको अवसरमा जातीय भेषभुषासहित साँस्कृतिक झाकी (केलाङ, च्याब्रुङ, हुर्रा,लाखे, धान माच) प्रस्तुत गरिएको थियो ।

यो पर्व प्रत्येक वर्ष संसार भरी छरिएर रहेकाभुमिपुत्रहरु एकै ठाउँमा भेला भएर विशेष पुजा अर्चना गरि मनाउने गरेका छन । लिम्बू भाषामा ‘चासोक’ को अर्थन्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामायाक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसारमानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेक तिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको र अन्नबालीभित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।याक्थुङ चुम्लुङ अध्यक्ष ललित बहादुरलिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम लेटाङ ३ ईमाङ सिंङ चेम्जोङ स्मृति प्रतिष्ठानमा भएकोथियो ।

सम्बन्धित खवर