सदाबहार वनको २२औं सधारण सभा सम्पन्न - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

सदाबहार वनको २२औं सधारण सभा सम्पन्न

साइनाे समाचारदाता/ पथरी, २२, मंसिर

सदाबहार सामुदायिक बनले आफ्नो २२औँ साधारण सभा सम्पन्न गरेको छ । सामुदायिक बनको गत आर्थीक बर्षमा २२ लाख ७हजार ६ सय ९७ आम्दानी गरेको छ भने २९ लाख १४ हजार ८ सय ५४ रुपैया खर्च रहेकोआर्थिक प्रतिबेदनमा उल्लेख छ । २०५६ सालमा स्थापना भएको वनको २२४.०४हेक्टर क्षेत्रफल रहेको छ ।

३१५ घर धुरी रहेको सामुदायीक वनले यस बर्ष वनमा २ हजारवटा विभिन्न जातिका बिरुवा रोपेको आम्दानीको स्रोत्र बढाएको छ । बनमा आम्दानीबढाउने उदेश्य राखेर ७ सय भन्दा बढी सुपारीका बिरुवा समेत रोपेको जनाईएको छ ।वनले झाडी सरसफाई, घेराबारा,उपभोक्ताहरुलाई घर निर्माणका लागि १५ क्यु फिटका दरले निशुल्क काठ बितरण गरिएको प्रतिबेदनमाउल्लेख गरेको छ । सामुदायीक बनले आगामी वर्षमा अनुदान, काठ दाउरा विक्री, प्रबेशशुल्क  आदिबाट ३४ लाख ४२ हजार १ सय ७३रुपया आम्दानी गर्ने लक्ष लिएको छ भने बन संरक्षण, गरिवी न्यूनिकरण, शिक्षास्वास्थ, कृषी, भवन निमार्ण लगायतमा सोहि बराबरको खर्च गर्ने लक्ष लिएको छ । साधारण सभाको उद्धघाटन गर्दै प्रमुखअतिथी लेटाङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नन्द प्रसाद खतिवडाले सामुदायीक वनलेसमुदायको हितमा काम गर्दै बन संरक्षण र बन्य जन्तुको चोरी सिकारीमा निग्रानी गर्नजोड दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथी सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन)का प्रदेश सचिब अग्नि पौडेल सब डिभिजन बन कार्यलयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुलेशुभकामना मन्तब्य राख्नु भएको थियो । सामुदायीक बनका अध्यक्ष टंक राईको अध्यक्षतामा सम्पन्नकार्यक्रम लेटाङ ९ गणेश मन्दिर परिसरमा भएको थियो ।

सम्बन्धित खवर