साइनाे समाचारदाता/ पथरी, १९ मंसिर
नव निर्वाचन प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न निदेशन दिनु भएको छ । सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्व बिद्यालयमा भएको शुभकामनमा कार्यक्रममा बोल्दै डा. शर्माले माघ १ गते देखि शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालन गर्ने बताउनु भएको हो ।
पहिलो चरणमा ९ देखि ५ बजे सम्म स्वास्थ सेवा सुचारु गरिने, दोश्रो चरणमा रात्रिकालिन सेवा दिदै २४ सै घण्टा सेवा उपलब्ध गराउने सहमती भएको छ । साथै शर्माले मेडिकल कलेजको संम्बनध प्राप्त गर्न आफु लागि पर्ने तर स्थानीय र प्रसासनले उत्त कुरामा साथ दिन आग्रह गर्नु भएको छ ।
शर्माले बिश्व बिद्यालयमा सरकारको मतहतबाट दक्ष चिकित्सकको ब्यावस्थापन गर्न प्रशासनलाई अनुरोध गर्नु भएको छ । यदि ब्यावस्थापन नभएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारू गर्न आफु तत्पर रहेको डा. शर्माले बताउनु भएको छ ।
मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व बिद्यालयको निरिक्षण पछि शर्मामाले पियू शिक्षण अस्पताल सञ्चालन गर्न आफु लागि परेको बताउनु भयो । बिगतमा दिनको १० देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारू गरेको बिश्व बिद्यालयलाई माघ १ गते देखि ८ घण्टा सञ्चालनमा ल्याउन सहमती भइसकेको पूर्वाञ्चल विश्व बिद्यालयका भिसी यादब कोइरालाले बताउनु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएलगत्तै बिश्व बिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्न शर्मा र बिश्वबिद्यालय विच सहमती भएको छ । १ गते देखि नयाँ ढंगबाट थप सेवा सहित अगाडी बढ्ने सहमती भएको अस्पताल निर्देशक डा. विपेश आचार्यले बताउनु भयो ।