तेह्रथुममा नेपाली काग्रेसकी प्रखर नेत्रि सिता गुरूङ बिजई - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

तेह्रथुममा नेपाली काग्रेसकी प्रखर नेत्रि सिता गुरूङ बिजई

साइनाे समाचारदाता/तेह्रथुम, १० मंसिर

तेह्रथुममा ईतिहासकै रोजक नतिजा निकाल्दै लोकतान्त्रीक गठबन्धन नेपाली काग्रेसकी नेत्रि सिता गुरुङ विजयी हुनु भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत तेह्रथुम क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङ १९७०२ मत ल्याई विजयीहुनु भएको जानकारी दिएको छ ।

गुरुङले नेकपा एमालेका विजय सुब्बालाई एक हजार उनासी मतले पछि पर्दै विजयी हुनु भएको हो । गुरुङले १९ हजार ७ सय २ मत पाउदा उहाका निकटम प्रतिस्पर्दी विजय सुब्बाले १८ हजार ६ सय २३ मत प्रप्त गर्नु भएको निर्वाचन आयोगले सार्वजनीक गरेको छ । तेह्रथुम गुरुङलाई चुनाव जित्न फलामको चिउरा चपाए झै देखिए पनि काग्रेंसले नतिजा आफ्नो पक्षमा ल्याएको छ । तेह्रथुममा लोकतान्त्रिक गठबन्धन भए पनी पार्टी भित्रै अन्तरघात देखिएको थियो । नतिजा आफ्नो पक्षमा हुदाहुदै पनि अन्तरघातले असर गर्ने हो की भन्ने पार्टी भित्र डर थियो । अन्तरघात गर्ने नेत्रित्व पंत्तीका नेताहरुको जिल्लामा चौतर्फि बिरोध भई रहेको कार्यकर्ताले बताएका छन ।


तेह्रथुम क्षेत्र नं. १ (१) मा भने पार्टिको अन्तरघातका कारण लोकतान्त्रीक गठबन्धनका सन्तोष सुब्बाको हार भएको छ । उहाँलाई नेकपा एमालेका किशोर चन्द्र दुलालले २ सय ८ मतले पराजित गर्नु भएको छ । एमालेका किशोर चन्द्र दुलालले १० हजार ६३ मत पाउदा लोकतान्त्रीक गठबन्धन काग्रेसका सन्तोष सुब्बाले ९ हजार ८ सय ५५ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले सार्वजनीक गरेको छ । १ (२) मा भने लोकतान्त्रीक गठबन्धन माओवादीका दुर्गा प्रसाद चापागाईले २ सय ९४ मतान्तरले विजयी हुनु भएको छ । चापागाईले ८ हजार ३ सय ९४ मत पाउदा नेकपा एमालेका तेजमान कन्दङवाले ८ हजार १ सय प्रप्त गर्नु भएको छ ।

 

सम्बन्धित खवर