मोरङ ३ मा ३५ सय २५ मत गन्न बाकी रहदा २१ हजार ८ सय ६२ मतले काग्रेंसका शुनिल शर्माको अग्रता - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

मोरङ ३ मा ३५ सय २५ मत गन्न बाकी रहदा २१ हजार ८ सय ६२ मतले काग्रेंसका शुनिल शर्माको अग्रता

साइनाे समाचारदाता/पथरी, ९ मंसिर
मोरङ क्षेत्र नं. ३ मा नेपाली काग्रेंसका डा. शुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभा सदस्यको ९३ हजार ९ सय ४३ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका शुनिल शर्माले ४६ हजार ९ सय ३६ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बाम गठबन्धनबाट उमेद्वार रहनु भएका एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत पाउनु भएको छ ।
शर्माले निकटम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकाललाई २१ हजार ८ सय ६२ मतले पछि पार्नु भएको छ । हाल सम्मको मतगणनामा ४ हजार ७ सय ४० मत बदर भएको छ । अब ३ हजार ५ सय २५ गन्न बाकि रहेको छ ।
राप्रपाकी नेत्र तथा नायीका रेखा थापाले १० हजार ७ सय १० मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वराष्ट्रियतन्त्र पार्टि (घण्टी) का विकास उप्रेतीले ३ हजार ७९, मंगोल नेशनल अर्गनाईजेशन(कुखुराको भाले) का बिकेन्द्र राईले १ हजार ५ सय ५ मत प्राप्त गर्नु भएको छ ।

सम्बन्धित खवर