जनताको प्रश्न एमाले उम्द्वारलाई ३ ओटा मन्त्रि हुदा र ५ बर्ष नगरप्रमुख हुँदा के गर्नु भयो ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

जनताको प्रश्न एमाले उम्द्वारलाई ३ ओटा मन्त्रि हुदा र ५ बर्ष नगरप्रमुख हुँदा के गर्नु भयो ?

साइनाे समाचारदाता/ पथरी, कार्तिक ३०,
स्वास्थ सामाग्री प्रकरणमा मुछिएका स्वास्थ मन्त्रि भानुभत्त ढकाल र ५ वर्षसम्म नगरप्रमुख हुँदा माखो नमारेका पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान मेयर दिलिप कुमार राई यतिबेला भोट मागिरहेका छन् । ढकाल प्रतिनिधी सभा सदस्यका उमेद्वार रहेका छन भने प्रदेश सभा सदस्यका दिलिप कुमार राई रहेका छन । ३ ओटा मन्त्रालय समाहेका ढकालले चुनाव जितेर गए पछि जनताको कुनै पनि गुनासो नसुनेको र बोलेको बचन पुरा नगरेको स्थानियले आरोप लगाउदै आएका छन । यता ५ वर्षसम्म नगरप्रमुख हुँदा माखो नमारेका राईले फेरी प्रदेश सभा सदस्यका लागि भोट माग्दा केही ठाउँमा स्थानीयले अवरोध गरि लखेटेका भिडियोहरू समेत सामाजिक सञ्जालमा आइरहेका छन् ।


पथरी शनिश्चरेको मुख्य समस्या नगरको भवन निर्माण हो । राईले भवन निर्माण गर्नु भन्दा नगरका शाखा अफिसहरु कार्यलय घरभाडामा चलाए । त्यती मात्र हैन राई आफु नगर प्रमुख हुदा आफु समेत नगरको पैसाले घर भाडामा बसे । नगरले भाडाबाट वार्षिक लाखौँ रकम खर्चिनुपर्ने बाध्यता छ । नगरको बजार क्षेत्रमा समेत सडक वत्ती र सिसि क्यामेराको उचित व्यवस्थापन गर्न नसकेका राई फेरी प्रदेश सभामा पुग्ने सपनामा मतदाता झुक्याउन गाउँ गाउँ पुगेका छन् । उनै एमालेका उमेद्वार राईसंग गठबन्धनका तर्फबाट पहिलो पटक नेपाली काग्रेंसका नेता मान बहादुर लिम्बु प्रतिस्पर्दा गर्दै छन ।

ढकाल आफुले केन्द्रीय सरकारबाट क्षेत्र नं. ३ मा ल्याएको योजनाका लामो लिष्ट जनतालाई सुनाउदै हिडेका छन । तर उत्त योजनाहरु स्थानीय कार्यकर्ताको हालमा परे पछि योजनाले ५ प्रतिसत पनि सफल्ता पाएन बरु कार्यकर्ताको जिवन स्तर राम्रै परिवर्तन भएको देखिन्छ । ढकाललाई भोट माग्न जनता संग जादा पाहुना आएको र स्वास्थ सामाग्रीमा मुछिएको भन्दै विरोध गर्न थालेका छन । उनै ढकाल संग अघिल्लो चुनावमा झिनो मतान्तरले हारेका डा. सुनिल कुमार शर्मा प्रतिस्पर्दा गर्दै छन । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेद्वार ढकाललाई बाम गठबन्धन माओबादी र माधव नेपाल पक्षको साथ रहेको थियो । ठिक यास पालिको निर्वाचनमा शुनिल शर्मालाई शत्ता गठबन्धन काग्रेंस, माओबादी र समाजबादीको साथ रहेको छ ।

एमाले बिभाजित हुदा माधव नेपाल लाईनमा मैदानमा देखिएका राईलाई ओलि समुहले टिकट दिने आशामा फर्काएको थियो । पद नपाउदा घुर्काउन माहिर रहेकाले ५ वर्ष नगरको कार्यकारी पदमा रहँदा निर्वाचन ताका गरेका बाचा ५ प्रतिशशत पनि पुरा गरेनन् । कृषि बजार देखि घरघर टिलिक्क नगर झिलिक्क जस्ता उखाने बाचा रद्दीको टोकरीमा पु¥याए । नगरका बाटाहरू कालोपत्रे गर्ने योजना उनको कार्यकर्ता पोस्ने बाटो मात्रै बन्यो । बल्लतल्ल कालोपत्रे भएको नगरका २ वटा सडक अहिले पिच गरेको ३ वर्ष बित्न नपाउदै लथालिङ्ग अवस्थामा पुगेको छ ।

पथरी शनिश्चरे भित्र भारतको सिमाना सिक्टी नाका जोड्ने एकमात्र सडक पथरी–अमरदह–सिक्टी सडकको अवस्था बेहाल छ । वर्षाको समयमा सडक खाल्डा परेपछि हसन्दहका स्थानीयले सडक अवरुद्ध गरेर धान रोपेका थिए । राईले बाटो रातो किताबमा परेको र १ वर्षभित्रमा निर्माण हुने आस्वासन दिएका थिए तर ४ वर्ष वितिसक्दा पनि रातो किताब कता हरायो कुनै ठेगान छैन् । बरु संघीय सांसद डा. मिनेन्द्र रिजालको पहलमा २५ करोड रुपैँया लगानी भएपछि सिक्टीबाट अहिले सडक निर्माणका लागि ड्रेन लगाउने काम सुरु भएको छ ।

नगरको ग्रामिण क्षेत्रको त कुरा छाडौँ पथरीको बजार क्षेत्र वडा नं. १ र २ मा पर्छ । बजार क्षेत्रका सडकहरू समेत अझै अलपत्र परेका छन् । बिवादित बतास फाउण्डेसनसंगको सहकार्यमा नेपालमै नभएको अत्याधुनिक वारुण यन्त्र (दमकल) ल्याउने गफ दिएका राईले झण्डै नगरले बिनियोजनको गरेको दमकलको बजेट समेत चिप्ल्याए तर नगरवासीको चर्को बिरोध पछि अन्ततः दमकल ल्याउन बाध्य भए ।

सम्बन्धित खवर