सेवा सुिवधा गरिव जनताको जीवनस्तरमा खर्च गर्नेछु: लिम्बु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ १२, २०८१

सेवा सुिवधा गरिव जनताको जीवनस्तरमा खर्च गर्नेछु: लिम्बु

साइनाे समाचारदाता/पथरी, कार्तिक २५,  नेपाली कांग्रेसबाट टिकट पाएर लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मद्धवार मानबहादुर लिम्बुले आफुलाई जनताले जिताएर पठाएमा राज्यबाट पाउने सबै सेवा सुविधा गरिव जनताको जीवन स्तर उकास्न खर्च गर्ने बताउनु भएकाे छ।

कार्तिक २४ गते  मोरङ क्षेत्र न. ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेद्धवारी दर्ता गर्नु भएकाे लिम्बुले समाज भन्दा ठुलो पार्टी नहुने भन्दै समाजमा बसेको समुदायको लागि काम गर्ने बताउनु भएकाे छ । जनताकाे आर्थिक अवस्था मजबुद भए मात्रै देश समृद्ध हुने बताउदै गरिव जनताको अर्थतन्त्र र विकासमा केन्द्रीत भएर काम गर्ने लिम्बुले बताउनु भयाे ।

आफु उमेद्वारी भए पछि पहिलाे पटक जनता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले आफुले पाउने सेवा सुबिधाको तलव भत्तालाई समुदाय केन्द्रित समुह बनाएर बैंक खाता खोली सिधै उनिहरुको खातामा जम्मा हुनेगरि काम अगाडी बढाउने बताउनु भयाे ।

मोरङ क्षेत्र न. ३ (क) काे प्रत्यक्षा तर्फका उमेद्वार तथा वन वातावरण तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाकाे मृत्यू पछ्यत लिम्बुले टिकट पाउनु भएकाे हाे । वन वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा प्रति श्रदाञ्जली समेत ब्यात्त गरेका थिए । नेपाली काग्रेंसले स्वा. थापाको निधन भए पश्चात रित्त स्थानमा लिम्बुलाई उम्मेद्धवार बनाएर अगाडी बढाए छ ।

४२ सालको सत्यग्रह आन्दोलनमा माेरङकाे नेत्रित्व गर्दै राजनितिमा आएकाे लिम्बुले बताउनु भयाे । लिम्बुकाे उमेद्वारीलाई त्यस क्षेत्रका जनताले काग्रेंसले गरिव, सुकुम्वासीकाे छाेरालाई पनि देशकाे नेत्रित्व गर्ने स्थानमा पुर्याएकाे शंज्ञा दिएका छन । सुकुम्वासी भएकै कारण देश र जनताकाे अवस्था बदल्न आन्दोलनमा निस्किनु भएकाे लिम्बु विध्याथी राजनितिमा नेवि स‌‌घ माेरङकाे क्षेत्रिय सभापति हुदै जिल्ला सभापति हुनु भएकाे थियाे ।

मोरङ क्षेत्र न. ३ मा सत्ता गठबन्धनबाट काग्रेंसका शुनिल कुमार शर्मा,  बाम गठबन्धनबाट नेकपा एमालेका पुर्व स्वास्थ मन्त्रि भानुभत्त ढकाल र राप्रपाबाट नायिका रेखा थापा चुनावी प्रतिस्पदा गर्दैछन भने मोरङ क्षेत्र न. ३ (क) मा सत्ता गठबन्धनबाट काग्रेंसका मानबहादुर लिम्बु र बाम गठबन्धनबाट नेकपा एमालेका पथरी शनिश्चरेका पुर्व मेयर दिलिप कुमार राई प्रतिस्पर्दा गर्दैछन ।

सम्बन्धित खवर