स्कुटर चोरीमा संलग्न एक अभियुक्त सार्वजनी गर्दै प्रहरी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

स्कुटर चोरीमा संलग्न एक अभियुक्त सार्वजनी गर्दै प्रहरी

साइनाे समाचारदाता/पथरी, १८ कार्तिक
इलाका प्रहरी कार्यलय पथरीले स्कुटर चोरीमा संलग्न एक अभियुक्तलाई पक्राउ गरी सार्वजनीक गरेको छ । मोरङको कानेपोखरी गाउपालीका वडा नं. ७ मा रहेको सन्तोष ग्यारेजबाट संगिता उदासको प्रदेश नं. १–०२–०४३ प ९४५१ नं. को स्कुटर चोरी भएको थियो । कानेपोखरी गाउपालीकाबाट हराएको स्कुटर प्रहरीले रंगेली नाकाबाट नियन्त्रणमा लिएको थियोे । प्रहरीले रंगेली नाकाबाट स्कुटर सहित चोरी गर्ने बर्ष १८ को अनुप बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेका बस्नेतलाई रंगेली ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भयो । पथरी शनिश्चरेमा पछिल्लो समय ३ ओटा मोटर साइकल चोरी भएको उजुरी परेको छ । त्यसमा प्रहरीले एउटा मोटरसाइकल बरामत गरेको र अन्यको खोजि भैरहेको गौतमको भनाई छ ।

 

सम्बन्धित खवर