पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारीलाई - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारीलाई

साइनाे समाचारदाता/पथरी, १८ कार्तिक
मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साविक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा चारतारे फुटवल क्लव लेटाङलाई ट्रावेकरमा २–४ हराउदै बेलबारीले उपाधि चुमेको हो । निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पछि खेलको निर्णय ट्रावेकरबाट लिएको थियो ।


ट्रावेकरमा बेलवारी एफसीका मैसम सुब्बा,अभिशेक गुरुङ, सुरज राई र निशान लिम्बुले गोल गरे भने विल्सन गिरीको प्रहार विपक्षी गोल रक्षक टेकेन्द्र थापाले बचाएका थिए । चारतारै लेटाङका लागि अशोक खवार र जय गुरुङले गोल गरेका थिए ।शुशिल लाईको प्रहार बेलबारीका गोल रक्षक किशोर गिरीले बचाएका थिए भने अभिशेक लिम्बुको प्रहार बाहिरिएको थियो ।


प्रतियोगिताको विजयी टोली बेलवारी एफसीले नगद २ लाख १ रुपैयाँका साथ मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता चारतारे लेटाङले नगद १ लाख १ हजार रुपैयाँ साथ मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलको म्यान अफ दि म्याच र वेष्ट गोल किपर बेलबारी एफ सीका गोल रक्षक किशोर गिरी घोषित भए । प्रतियोगितामा बेलबारीका राज कुमार राई बेस्ट कोच घोष्ति हुदै नगद ५,००० प्रप्त गरे भने विबेक पौड्ेल वेष्ट प्लेयर घोषित हुदै नगद ७,५०० प्राप्त गरेका छन । लेटाङका भुवन बस्नेत वेष्ट फरवार्ड अभिशेक लिम्बु वेष्ट डिफेन्डर जय गुरुङ वेष्ट मिड फिल्डर घोष्ति हुदै जनहि ५÷५ हजार प्राप्त गरे । प्रतियोगिताको हाई स्कोरर बेलबारीका सैजन याक्खा र लेटाङका रुपक लामा घोषित भएका छन ।

प्रतियोगिताको विजयी टिम र खेलाडीलाई नगरप्रमुख मोहन तुम्वापोले पुरस्कृत गर्नु भएको थियो । लामो समय नेपालमा रहि तेस्रो मुलक पुर्नस्थान्तरण भएका नेपाली भाषी भुटानी शरणार्थीहरूको सहयोगमा गतबर्षबाट पिट्सवर्ग च्यालेन्ज कप संचालन हुदै आएको छ ।
गणेश थक्लुङको संयोजक सम्पन्न प्रतियोगिताको मुख्य प्रयोजक पिट्सवर्ग च्यालेन्ज कपका संस्थापक अर्जुन विष्टले गर्नु भएको थियो भने ड्राईमण्ड स्पोन्सर सिजल एण्ड सीस्टर, टाइटल स्पोन्सर मेघ सुवेदीले गनु भएको छ । ईन्ट्रा फाउण्डेशनको सहयोगमा भएको प्रतियोगिता पथरी शनिश्चरे १० को प्रस्तावित रंगशालामा संचालन भएको थियो ।

सम्बन्धित खवर