बेलबारी गोल्डकपको उद्घाटन खेलमा झापा विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

बेलबारी गोल्डकपको उद्घाटन खेलमा झापा विजयी

साइनाे समाचारदाता/पथरी, १५ कार्तिक, रोलिङ क्लब झापा धुलाबारीक बेलबारी सुरु भएको पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा १५ गते भएको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

झापाको जितका लागि रेजिन सुब्बा नायक बने । रेजिनले खेलको ५१ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । प्रतिस्पर्धात्मक खेलमा रेजिनले डिबक्सभित्र प्राप्त बललाई वान टचमा जाली चुमाएका थिए । १ गोलले पछि परेको विराटनगर जवाफी गोल फर्काउन नसक्दा निराश बन्दै पहिलो खेलबाटै बाहिरियो ।

मध्यान्तर पछि धेरै अवसर पाए पनि विपक्षी बार गोल गर्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको झापाले गोल गर्न मध्यान्तरपछिको समय र्कुनु परेको थियो । राष्ट्रिय खेलाडी सहिल मैदान पभबेश गरेका दुवै टिमको फिनिसिङ पक्ष भने कमजोर रहयो । बारम्बार पाएको अवसरमा झापा र विराटनगरका खेलाडी गोल गर्न चुकेका थिए ।

खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको पाएको फ्रिकिकलाई झापाका गोलरक्षक दीप कार्कीले विफल पारिदिए । खेलको २२ औँ मिनेटमा पाएको अको प्रहार पोस्ट माथिबाट बाहिरियो । सुदिप राईले खेलको ४६ औँ मिनेट र ७१ औं मिनेटमा पाएको मैका सदुपयोग गर्न नसक्दा विराटनगरको क्वाटर फाइनल प्रवेश गर्ने योजना असफल बन्यो । झापाका लागि ७ औँ मिनेटमा सुजल श्रेष्ठको प्रहारमा विराटनगरका गोलरक्षक विवश चौधरी बाधक बने भने २७ औँ मिनेटमा एन्जल गुरुङको प्रहार पोस्टबाट बाहिरीएको थियो । त्यस्तै ३८ औँ मिनेटमा संजोग राईले पाएको अवसर गुमाउँदा झापाले पहिलो हाफमा जित निकाल्न सकेन ।

खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्कीले नगद ५ हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए । बुधबारको खेल भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । गोल्डकप कार्तिक १५ गते देखि २५ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन । विराटनगर र झापाबाहेक प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी रहेको छ ।

प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो । प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।

सम्बन्धित खवर