साइनाे समाचारदाता /पथरी, १२ कार्तिक
मोरङको पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटवल क्लव बेलाबारी विजयी भएको छ । भुट्नीज युथ क्लव बेलडागी दमकलाई १ का विरुद्ध २ गोल गर्दै वेलबारी विजयी भएको हो ।
निकै प्रतिस्पर्दात्मक खेलमा बेलबारी एफ सीका विल्सन गिरी खेलको २१ मिनेटमा गोल गर्दै अग्रता लिए । पहिलो हाफ १–० गोलले पछि रहेको भुट्नीज युथ क्लव बेलडागी दमकले खेलको ६५ औं मिनेटमा अर्को गोल खान पुग्यो । मैदानको विच भागबाट पाएको पासमा बेलबारीका निशान लिम्बुले किपरलाई विट मार्दै उत्कृष्ट गोल गरेका थिए ।
भुट्नीज युथ क्लव बेलडागी दमकका लागि खेलको ९३ औ मिनेटमा एक मात्र सान्तवना गोल नविन विश्वकर्माले गरेका थिए । खेलको म्यान अफ दि म्याच बेलबारी फुटवल क्लवका मैसम लिम्बु घोषित भए । लिम्बुलाई प्रतियोगिताको विशिष्ट अतिथी इलाका प्रहरी कार्यलय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले नगद २ हजार ५ सयका साथ ट्रफी पदान गर्नु भयो । पथरीशनिश्चरे वडा नं. १० को प्रस्तावित रङ्गशालामा संचालन भैरहेको खेल अन्त्ररगत आइतबारको खेल पथरी शिविर र लेटाङ एफ सी बीच हुनेछ ।
पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकाको पिट्सवर्गमा पनि नेपालीहरु बीच हुँदै आएको पिटर्सवर्ग च्यालेन्ज कपका फाउण्डर अर्जुन विष्टले बताएका छन् । नेपालमा गत बर्ष देखी योे प्रतियोगिता आयोजना सुरु गरिएको छ । प्रतियोगिताको पुरस्कार ईन्ट्रा– वेलफेयर फाउण्डेशन अफ अमेरिका, सिजल एण्ड सिस्टरको रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । ७ विधाका उत्कृष्ट खेलाडीहरुलाई ५ हजार देखि ७ हजार ५ सय नगद पुरस्कारप्रदान गरिने खेल संयोजक गणेश थक्लुङले जानकारी दिनु भयो ।
कार्तिक ११ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र मोरङका ८ वटा टिमको सहभागिता हरेको छ । प्रतियोगितामा दमक एकेडेमी, पथरी–११ एफसी, चारतारे एफसी (लेटाङ्ग), भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहित–८ टिमको सहभागिता रहेको छ ।