पिट्सवर्ग च्यालेन्ज कप सुरु,उद्घाटन खेलमा पथरी ११ बिजयी - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पिट्सवर्ग च्यालेन्ज कप सुरु,उद्घाटन खेलमा पथरी ११ बिजयी

साइनाे समाचारदाता/पथरी, कार्तिक ११, मोरङको पथरी शनिश्चरेमा पिट्सवर्ग च्यालेन्ज कप सुरु भएको छ । नगरप्रमुख मोहन तुम्वापोसहितले एक कार्यक्रमका बीच खेलको उद्घाटन गर्नुभएको छ । कार्तिक ११ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र मोरङका ८ वटा टिमहरू सहभागिता जनाएका छन् ।

प्रतियोगितामा दमक एकेडेमी, पथरी-११ एफसी, चारतारे एफसी(लेटाङ्ग) , भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहित-८ टिमले सहभागिता जनाउने अयोजकले बताएका छन् ।

उद्घाटन खेलमा दमक एफ सी विरूद्ध १-० गोलको अन्तरले पथरी-११ एफसी विजयी भएको छ । निर्धारित समयको पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् भने दोस्रो हाफको २९ औ मिनेटमा पथरी-११ का जर्सी नं ९ सुमन मगरले दमक एफ सी विरूद्ध एक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।

खेलको म्यान अफ दि म्याच पथरी-११ का सुमन मगर घोषित हुँदै नगद २ हजार ५ सय र मेडल प्राप्त गरे । आजको खेल बेलडागी शिविर र बेलवारी एफ सी बीच खेल हुने बताईएको छ ।पिट्सवर्स च्यालेन्ज कप अफ अमेरिकाका संस्थापक अर्जुन विष्टको मुख्य आर्थिक सहयोगमा संचालन गरिने प्रतियोगितामा पिट्सवर्ग च्यालेन्ज कप अफ नेपालका संयोजक गणेश थक्लुङ लिम्बूको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी उपरीक्षक वेदप्रसाद गौतम , पिट्सवर्ग च्यालेन्ज कपका सदस्य विक्रम भट्टराई,ईन्ट्रा फाउण्डेशनका रूद्र बाँनिया, लगायतको उपस्थिति रहेको थियो । खेलमा प्रथम हुने टिमले २ लाख १ हजार र दितयि हुने टिमले १ लाख १ हजार सहति ट्रफि मेडल र प्रमाण्पत्र प्राप्त गर्ने छ ।

 

सम्बन्धित खवर